जनकपुरको स्पिन रणनीति : विराटनगरले गुमायो ३ विकेट, १० ओभरमा ५८ रन
सोमबार, ०८ मङ्सिर २०८२, १२ : २७
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सको ३ विकेट झरेको छ । टस जितेर पहिले बलिङ गरिरहेको जनकपुरले विराटनगरलाई स्पिनको धरापमा पारेको हो ।
तेस्रो विकेटको रुपमा जनकपुरले विराटनगरका ओपनर लोकश बमलाई हात पारेको हो । बमले २६ बलमा २८ रन बनाए । उनलाई संगित कुरेले सञ्जय कृष्णमुर्ती मार्फत क्याच आउट गराएका हुन् ।
यसअघि अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए । यस्तै स्टार ब्याटर मार्टिन गप्टिलले १५ बलमा जम्मा १३ रन बनाएर आउट भएका थिए ।
१० ओभरको खेल सकिँदा विराटनगरले ३ विकेटको क्षतिमा ५८ रन बनाएको छ । जनकपुरले १० ओभरसम्म स्पिनर मात्रै प्रयोग गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण