बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मिराज ढुंगानाको जेनजी समूहले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

सोमबार, ०८ मङ्सिर २०८२, १४ : १२
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • मिराज ढुंगानाको नेतृत्वमा जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ।
  • उनीहरूले सुशासनको सवालमा सरकारले अपेक्षित काम नगरेको गुनासो गरेका छन्।
  • सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा ज्ञापनपत्र बुझाउने तयारी छ।

 काठमाडौँ । मिराज ढुंगाना नेतृत्वको  जेनजी समूहले सुशासनको सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

ज्ञापन पत्र बुझाउन आफूहरू सोमबार दिउँसो तीन बजे प्रधानमन्त्री कार्यालय सिंहदरबार जान लागेको ढुंगानाले जानकारी दिए ।

‘सुशासन लगायत जेनजीका सरोकारका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाउँदै छौ’, ढुंगानाले रातोपाटीसँग भने, ‘समस्याहरूबारे जानकारी गराउने कुरा हो ।’

पछिल्लो समय जनेजीले बनाएको सरकारले पनि सुशासन र शान्ति सुरक्षा कायम गर्ने सवालमा अपेक्षित काम गर्न नसकेको भन्दै गुनासो गर्दै आएका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप