लुम्बिनी लायन्सबाट शतक वा अर्धशतक बनाउने खेलाडीले पुरस्कार पाउने
सारांश
- लुम्बिनी लायन्सका खेलाडीले शतक वा अर्धशतक बनाए दुगर स्पाईसेसले नगद पुरस्कार दिने घोषणा गरेको छ।
- कम्पनीले शतक बनाउनेलाई १ लाख र अर्धशतक बनाउनेलाई ५० हजार रुपैयाँ दिने जनाएको छ।
- लुम्बिनी लायन्सले एनपीएलमा दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा लुम्बिनी लायन्सका खेलाडीले शतक वा अर्धशतक प्रहार गरेमा दुगर स्पाईसेस एण्ड फुड प्रोडक्ट्स प्रालिले नगद पुरस्कार प्रदान गर्ने जनाएको छ।
कम्पनीले सेन्चुरी ब्रान्डमार्फत शतक प्रहार गर्ने खेलाडीलाई एक लाख रुपैयाँ र अर्धशतक प्रहार गर्ने खेलाडीलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको हो।
दुगर स्पाईसेस एण्ड फुड प्रोडक्ट्स प्राली सेन्चुरी ब्रान्डसहित एनपीएलमा लुम्बिनी लायन्सको प्रायोजक पनि हो। नेपाली क्रिकेटको विकास र खेलाडीहरूको मनोबल बढाउनका लागि यो सहयोग गरिएको कम्पनीका म्यानेजिङ डाइरेक्टर आदित्य दुगडले जानकारी दिए।
लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जीसीले पुरस्कार योजनाले टोलीका खेलाडीलाई थप उत्साह मिल्ने विश्वास व्यक्त गर्दै प्रायोजकप्रति धन्यवाद ज्ञापन गरे।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले दोस्रो संस्करणमा दुई खेल खेल्दा मिश्रित नतिजा निकालेको छ। पहिलो खेलमा चितवन राइनोजलाई पराजित गर्दै विजयी सुरुआत गरेको लुम्बिनीले दोस्रो खेलमा कर्णाली याक्ससँग पराजय बेहोरेको थियो।
युवा खेलाडीलाई निरन्तर अवसर दिँदै आएको लुम्बिनीले यसपटक पनि ट्यालेन्ट हन्टबाट छानिएका ‘लोकल आइकोनिक प्लेयर’ समिर अली मुसलमानलाई पहिलो खेलमै मैदान उतारेको थियो। पहिलो संस्करणमा क्लबले युवा स्पिनर अभिशेष गौतमलाई पनि नियमित मौका दिएको थियो।
लुम्बिनी लायन्स टिम सूची :
रोहित कुमार पौडेल, सन्दिप जोरा, दिनेश अधिकारी, अभिशेष गौतम, तिलक भण्डारी, सुमित महर्जन, दुर्गेश गुप्ता, दिलिप नाथ, शेर मल्ल, आदिल खान, विशाल पटेल, समिर अली, डार्सी सर्ट, थोमस ड्राका, गुलबदीन नाइब, रुबेन ट्रम्पलम्यान, जेजे स्मिथ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण