पूर्व प्रधानमन्त्री खालिदा जिया छातीको सङ्क्रमणका कारण अस्पतालमा भर्ना
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई छातीमा सङ्क्रमणको समस्या देखिएपछि ढाकास्थित बसुन्धराको एभरकेयर अस्पतालमा भर्ना गरिएको छ । बङ्गलादेश न्युज २४ ले उनका वरिष्ठ चिकित्सकको भनाइ उद्धृत गर्दै उनलाई आइतबार राति स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याइएको र प्रारम्भिक जाँचपछि तुरुन्तै उपचार शुरु गरिएको बताएको छ ।
उनलाई अहिले निजी क्याबिनमा सघन चिकित्सा निरीक्षणका साथ राखिएको छ । मेडिकल बोर्डका सदस्य डा. एफ. एम. सिद्दीकीका अनुसार आगामी १२ घण्टा उनको स्वास्थ्यका दृष्टिले अत्यन्तै महत्त्वपूर्ण रहनेछ ।
डा. सिद्दीकीका अनुसार पहिलेबाटै रहेको मुटुको समस्या र हालको छातीको सङ्क्रमणले उनको अवस्था थप जटिल बनाएको छ । “उहाँसँग स्थायी पेसमेकर छ, मुटुको स्टेन्टिङ भइसकेको छ र अहिले मुटु तथा फोक्सो दुवै प्रभावित भएकाले श्वासप्रश्वासमा गम्भीर समस्या देखिएको छ”, उनले स्पष्ट पारे ।
अस्पताल आइपुग्नेबित्तिकै आवश्यक सबै परीक्षण गरिएको थियो । प्रारम्भिक रिपोर्टका आधारमा मेडिकल बोर्डले जियालाई एन्टिबायोटिक सुरु गर्ने र तत्कालै द्रुत तथा गहन हेरचाह प्रदान गर्ने निर्णय गरेको अस्पतालले जनाएको छ । आगामी २४ घण्टाभित्र थप परीक्षणका नतिजा आउने अपेक्षा गरिएको छ र उहाँलाई निरन्तर चिकित्सकीय निगरानीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण