बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

नेकपा एस बर्दियाका धेरै कार्यकर्ता भुसालको पक्षमा रहेको दाबी

सोमबार, ०८ मङ्सिर २०८२, १६ : २४
सोमबार, ०८ मङ्सिर २०८२

सारांश

  • बर्दिया जिल्लाका नेकपा (एकीकृत समाजवादी) सचिव इन्द्रबहादुर रावलले माओवादी केन्द्रमा सामेल नभएको बताए।
  • उनले ७० देखि ९० प्रतिशत कार्यकर्ता नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा रहेको दाबी गरे।
  • रावलले विज्ञप्ति जारी गर्दै कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताए।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी बर्दियाका सचिव इन्द्रबहादुर रावलले आफूसहित जिल्लाका धेरैजसो नेता कार्यकर्ता माओवादी केन्द्रसहित मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीमा सामेल नभएको प्रस्ट पारेका छन् ।

सचिव रावलले सोमबार विज्ञप्ति जारी गर्दै जिल्लाका ७० देखि ९० प्रतिशत कार्यकर्ताहरू महासचिव घनश्याम भुसालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पुनर्गठन अभियानमा सामेल भएको दाबी गरेका हुन् ।

‘नेपालमा रहेका ठुलो कम्युनिस्ट पार्टीका नेतृत्व तहका व्यक्तिहरू दलाल पुँजीवादका एजेन्ट भई उनीहरूको मात्र सेवा गर्ने र जनता र राष्ट्रप्रति अनुत्तरदायी भइरहेको यस अवस्थामा एउटा कम्युनिस्ट पार्टीको आवश्यकता परिरहेको हामीले महसुस गरिरहेका छौँ’, सचिव रावलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिस्ट पार्टी भनेको एउटा पार्टी मात्र नभएर विज्ञान हो ।’

588421948_26312961348303634_4511477174074786450_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप