लुम्बिनी प्रदेश सभा सातौँ अधिवेशन : जेनजी आन्दोलनको विषय प्रवेश
सारांश
- लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सोमबारबाट सुरु भयो, जसमा जेनजी आन्दोलनको विषयले प्रवेश पायो।
- एमालेका प्रमुख सचेतकले आन्दोलनको उद्देश्य अस्पष्ट रहेको टिप्पणी गरे, भने कांग्रेसले संयमताको अभाव औंल्यायो।
- माओवादी केन्द्रले स्थितिको गम्भीर समीक्षा आवश्यक रहेको बताउँदै सबै दललाई जिम्मेवारी लिन आग्रह गर्यो।
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौँ अधिवेशन सोमबारदेखि सुरु भएको छ। भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनको विषयले आजको बैठकमा प्रवेश पाएको छ। वर्षे अधिवेशन अन्त्य भएर करिब दुई महिनापछि बसेको हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो शुरु भएको थियो।
बैठकमा दलगत आधारमा प्रदेश सभा सदस्यहरूले जेनजी आन्दोलनबारे धारणा राखे।
एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले आन्दोलनको उद्देश्य स्पष्ट नदेखिएको टिप्पणी गरे। उनकाे भनाइमा आन्दोलनकाे अन्तर्य केवल केपी शर्मा ओलीलाई सत्ताबाट हटाउने प्रयत्नजस्तै देखिएको छ।
नेपाली कांग्रेसकी प्रमुख सचेतक जमुना ढकालले संयमता र जिम्मेवार कार्यशैलीको अभावका कारण घटना बिग्रिएको बताइन्। उनले अझै पनि सडकमा त्रासको वातावरण रहेको उल्लेख गर्दै शान्तिपूर्ण अवस्था बनाउन सबैलाई आग्रह गरिन्।
नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजित थारुले परिस्थितिको गम्भीर आत्मसमीक्षा आवश्यक भएको बताए। उत्पन्न अवस्थाका कारण पहिचान गरी सबै दलले राष्ट्रियताका सवालमा जिम्मेवारी लिनुपर्ने धारणा उनले राखे।
बैठकमा प्रदेश सभा सदस्य अम्बिका काफ्ले, भण्डारीलाल अहिर, हेमा बेल्वासे, चन्द्रकेश गुप्ता, जानकीप्रसाद यादवलगायत सांसदहरूले पनि आ–आफ्ना धारणा प्रस्तुत गरे।
सभामुख तुलाराम घर्तिमगरले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त तीन वटा पत्र पढेर सुनाए। ती पत्रमा सातौँ अधिवेशन आह्वानसम्बन्धी सूचना, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र र छैटौँ अधिवेशनबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी जानकारी समावेश थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण