प्रधानमन्त्रीले फोन संवाद पनि गर्न नचाहेपछि जेनजी समूह आक्रोशित
काठमाडौँ । मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीले फोन संवाद समेत गर्न नचाहेको भन्दै आपत्ति जनाएका छन् ।
सोमबार दिनभर प्रधानमन्त्रीलाई भेट्नका लागि सम्पर्क गर्दा प्रधानमन्त्री कार्कीले मोबाइल फोन अफ गरेर सम्पर्क समेत गर्न नचाहेको भन्दै खेदसमेत व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री सचिवालयबाटै आफन्त र नातेदारलाई नियुक्ति गर्ने काम भएपछि प्रधानमन्त्री कार्कीलाई भेट्न सिंहदरबार दक्षिण गेट पुगेका उनीहरू गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत सम्पर्क हुन नसकेपछि निराश भएर फर्किएका छन् ।
उनीहरुले जेनजीहरुको आवाज सुन्ने धैर्यता राख्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिएका छन् । प्रधानमन्त्रीले समेत मोबाइल फोन स्विच अफ गरेर सम्पर्कमा आउन नचाहेपछि दुःख लागेको जेनजी अभियन्ता सुशील बुढाथोकीले बताए ।
उनले भने,‘यो हामीले बिहानदेखि फोन गर्न ट्राई गरिरहेका थियौँ । उहाँको फोन उठेन । अहिले प्रधानमन्त्री, गृहमन्त्रीज्युको फोन अफ भएपछि कसरी भेट्ने ?यसैका लागि फेरि आन्दोलन गर्ने कुरा भएन । नराम्रो सन्देश नजाओस् । तर उहाँहरूले यो थाहा पाउनुहोस् कि सबैलाई समेटेर युनाईटेड भएर आएको जेनजीलाई भेट्न दिनुभएन । कल अफ भयो । त्यसमा एकदमै नराम्रो छ । तर ठिक छ । सबै समूहसँग भेट्नुपर्छ भन्ने सोचेर उहाँ प्रधानमन्त्री हुनु पर्दथ्यो । यस्ता कुराहरू सुन्ने शक्ति हुनुपर्दछ है ।’
ढुङ्गाना समूहले सुशासनको पक्षमा कामै गर्न नसकेको भन्दै राजीनामा दिनुपर्ने निष्कर्षसहितको ज्ञापन पत्र प्रधानमन्त्री कार्कीलाई बुझाउने तयारी गरेको थियो ।
तर टेलिफोन सम्पर्क नै हुन नसकेपछि सो समूहले सिंहदरबार दक्षिण गेटमा नै आफूहरूको ज्ञापन पत्र भित्तामा टाँसेर फर्किएको छ ।
अभियन्ता बुढाथोकीले प्रधानमन्त्री कार्कीले आफूहरूसँग सम्पर्कमा आउन नचाहनुको कारण स्पष्ट पार्नुपर्ने माग समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण