शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पावरप्लेमै कर्णालीको चार विकेट गुम्यो

सोमबार, ०८ मङ्सिर २०८२, १८ : २५
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल)मा कर्णाली याक्सको लगातार चार विकेट गुमाएको छ । 

पावरप्लेमै चार विकेट गुमाएपछि कर्णाली संकटमा परेको हो । ६ ओभरको समाप्तिमा कर्णालीले ३३ रन मात्र बनाउन सक्यो ।  

सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले व्यक्तिगत र टिमका लागि पनि तेस्रो विकेट लिए । उनले कर्णाली याक्सका ओपनर प्रियान्क पान्चललाई शून्यमै आउट गरेका थिए भने अर्का ओपनर मार्क वाटलाई १७ रनमा आउट गराउन सफल भए ।

त्यस्तै हेमन्त धामीले पनि बोसिस्टोलाई आउट गराउन सफल भए । धामीको बलमा बोसिस्टो भण्डारीबाट क्याच आउट भए । ९ बलको सामना गरेका उनले मात्र ३ रन जोड्न सके । 

त्यस्तै नजबुल्लाह जार्डन पनि ४ बलमा मात्र एक रन बनाएर आउट भए । उनी पनि ऐरीको बलमा एलबीडब्यू धरापमा परे । 

सुदूरले १४० रनको विजयी लक्ष्य पछ्याउँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप