ईश्वर कार्की एआईजीमा बढुवा, काठमाडौँ उपत्यकामा पदस्थापन
सोमबार, ०८ मङ्सिर २०८२, १९ : १३
काठमाडौँ । नेपाल प्रहरीका डीआईजी ईश्वर कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कार्कीलाई एआईजीमा बढुवा गरेको हो ।
कार्तिक २८ मा बढुवा समितिले उनलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । उनी कोशी प्रदेशमा कार्यरत थिए ।
बढुवासँगै उनलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण