भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन हुँदै
सारांश
- सरकारले देशभरका भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने भएको छ।
- मन्त्रालयले लगत सङ्कलन गरी स्थानीय तहसँग समन्वय गर्ने र भूमिहीन दलितलाई प्राथमिकता दिनेछ।
- अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिइने र सार्वजनिक जग्गा मिचेर बसेकालाई भने दिइने छैन।
काठमाडौँ । सरकारले देशभरका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने भएको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उनीहरूको व्यवस्थापनका लागि यस किसिमका बसोबास भएका समुदायको पहिचान तथा लगत सङ्कलन कार्य सुरू गरेको हो ।
भूमिहीन सुकुम्वासीको व्यवस्थापन राज्यको दायित्व भएकाले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी लगत तयार गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता दामोदर वाग्लेले जानकारी दिए ।
लगत लिँदा दोहोरो गणना हुन सक्ने भएकाले एकद्वार प्रणालीबाट स्थानीय तहसँग समन्वय र सहकार्य गरिएको छ । मन्त्रालयले भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको सिफारिस गर्दा स्थानीय तहलाई राम्रोसँग अध्ययन तथा मापदण्डको प्रक्रिया पूरा गर्न आग्रह गरेको छ ।
सामान्यतया ‘भूमिहीन सुकुम्वासी’ र ‘अव्यवस्थित बसोबासी’ लाई ‘सुकुम्वासी’ भन्ने गरिए पनि कानुनी रुपमा फरक छ । देशभर कही कतै जमिन नभएका परिवार तथा परिवारको आयआर्जन, स्रोत वा प्रयासबाट जग्गाको प्रबन्ध गर्न असमर्थ व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्यलाई सुकुम्वासी भनिन्छ ।
सुकुम्वासी व्यवस्थापनका क्रममा ‘भूमिहीन दलित’ लाई प्राथमिकता राखिने मन्त्रालयले जनाएको छ । देशको कुनै पनि स्थानमा जमिन भएर पनि अन्यत्र कतै दशकौँदेखि आवादी गरी बसेका जग्गा जमिन उनीहरूको नाममा दर्ता नभएका परिवारलाई अव्यवस्थित बसोबासी भनिन्छ ।
उनीहरूको जमिनलाई सरकारले मूल्याङ्कन गरी तोकिएको राजस्व लिएर जग्गा धनी पूर्जा प्रदान गर्ने उनले जानकारी दिए । लामो समयदेखि बसेका उनीहरूलाई यसरी व्यवस्थित गर्दा सरकारलाई धेरै राजस्व प्राप्त हुने जनाइएको छ । यस्ता बसोबासी व्यवस्थापन गर्दा जङ्गल तथा सार्वजनिकस्थल अतिक्रमण गरी बनाइएका बस्ती उनीहरूलाई दिइने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ सडक सहयोगापेक्षी मानवमुक्त घोषणा
-
हिमालीबाहेक गण्डकीका सबै जिल्लामा रास्वपाको नयाँ नेतृत्व
-
‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उच्च शिक्षादेखि आयोगका परीक्षामा मोबाइल तथा इलेक्ट्रोनिक डिभाइस लगेमा के हुन्छ ?
-
रास्वपा बागमती अधिवेशन आजबाट, सभापति लामिछाने सहभागी नहुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण