दुबई एयर शोमा ‘तेजस’ दुर्घटना: एचएएलको प्रतिक्रिया
सारांश
- दुबई एयर शोमा भारतीय वायु सेनाको 'तेजस' लडाकु विमान दुर्घटनाग्रस्त भयो।
- एचएएलले दुर्घटनाले व्यावसायिक गतिविधिमा असर नगर्ने बताउँदै छानबिनमा सहयोग गर्ने जनायो।
- भारतले एचएएलसँग ९७ वटा नयाँ 'तेजस' विमान खरिद गर्ने सम्झौता गरेको छ।
काठमाडौँ । दुबईमा गत शुक्रबार आयोजना गरिएको एयर शोका क्रममा भारतीय वायु सेनाको ‘तेजस’ लडाकु विमान दुर्घटनाग्रस्त भएपछि यसको निर्माता कम्पनी हिन्दुस्तान एयरोनटिक्स लिमिटेड (एचएएल) ले आधिकारिक बयान जारी गरेको छ।
एचएएलका अनुसार दुबई एयर शोमा भएको यो घटना ‘असाधारण परिस्थितिका कारण घटेको एकमात्र घटना’ हो। कम्पनीले यो दुर्घटनाले आफ्नो व्यावसायिक गतिविधि, वित्तीय स्थिति वा भविष्यका योजना कार्यक्रममा कुनै नकारात्मक प्रभाव नपर्ने स्पष्ट पारेको छ।
बयानमा एचएएलले भनेको छ, ‘हामी यस घटनाले कम्पनीको व्यापारिक गतिविधि वा वित्तीय प्रदर्शनमा कुनै असर नपर्ने बारे आश्वस्त गराउँछौँ। कम्पनीले छानबिनका लागि सम्बन्धित निकायहरूलाई पूरा सहयोग गर्दै जानेछ, र आवश्यक सबै जानकारी समय–समयमा सार्वजनिक गरिनेछ।’
भारतीय रक्षा मन्त्रालयले यसै वर्ष सेप्टेम्बरमा एचएएलसँग ९७ वटा नयाँ ‘तेजस’ लडाकु विमान खरिद गर्ने सम्झौता गरेको थियो, जसको डेलिभरी २०२७ बाट सुरु हुने अपेक्षा छ।
यसअघि सन् २०२१ मा एचएएलसँग ८३ वटा ‘तेजस’ विमानको अर्को ठूलो सम्झौता गरिएको थियो। ती विमानको आपूर्ति २०२४ बाटै सुरु हुने भनिए पनि अमेरिकाबाट आयात हुने इन्जिनको अभावका कारण ढिलाइ भएको बताइन्छ।
दुबईमा भएको दुर्घटनाको औपचारिक छानबिन चलिरहेको बेला एचएएलले घटनालाई एक दुर्भाग्यपूर्ण तर ‘एकल’ घटना बताउँदै विश्वास व्यक्त गरेको छ कि यसले ‘तेजस’ कार्यक्रम तथा कम्पनीका दीर्घकालीन योजनामा कुनै असर पार्ने छैन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण