मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

ट्रम्प र सीबिच फोनवार्ता, के भयो कुराकानी ?

मङ्गलबार, ०९ मङ्सिर २०८२, १० : ४२
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ, जसमा व्यापार र अन्य विषयमा छलफल भयो।
  • वार्तामा युक्रेन युद्ध, फेन्टानिल तस्करी, र किसानका लागि सम्झौताबारे कुराकानी भएको थियो, र ट्रम्पले चीन भ्रमणको निम्तो स्वीकारे।
  • चीनले ताइवानलाई दोस्रो विश्वयुद्धपछिको अभिन्न अंग बताएको छ, र जापानसँगको सम्बन्धमा तनाव बढेको छ।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङबिच टेलिफोन वार्ता भएको छ । सोमबार  सीसँग व्यापारबारे निकै राम्रो फोनवार्ता भएको ट्रम्पले बताएका छन् । 

यस क्रममा युक्रेन युद्ध, फेन्टानिल तस्करी र किसानका लागि सम्झौताबारे पनि छलफल भएको समाचारमा जनाइएको छ । 

‘हामीले हाम्रा किसानका लागि निकै राम्रो र महत्त्वपूर्ण सम्झौता गरेका छौं । यो अझ राम्रो हुनेछ । चीनसँगको हाम्रो सम्बन्ध धेरै बलियो छ,’ ट्रम्पले ट्रुथ सोसलमा एउटा पोस्टमा लेखेका छन् । यसैगरी आफूले अप्रिलमा चीन भ्रमणका लागि सीले दिएको निम्तो  स्वीकार गरेको र सीले वर्षको अन्त्यमा अमेरिकाको भ्रमण गर्ने पनि ट्रम्पले पोष्टमा बताएका छन् । 

यस्तै चीनद्वारा जारी विज्ञप्तिमा भने सीले ताइवानलाई दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय व्यवस्थाको अभिन्न अंग बताएको  उल्लेख गरेको छ । युक्रेन युद्धमा पनि उनले न्यायपूर्ण र दीर्घकालीन शान्तिको आशा पनि व्यक्त गरे । चीनले ताइवान विरुद्ध कारबाही गरे जापानी सेनाले हस्तक्षेप गर्न सक्ने हालै जापानी प्रधानमन्त्री साने ताकाइचीले बताएका थिए । यताकाइचीको यो अभिव्यक्तिपछि चीन–जापान सम्बन्धमा तनाव अरु बढाएको छ । जापानले यस्ता टिप्पणीहरूले रातो रेखा पार गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बताएका थिए । 

अमेरिकी रणनीतिक अस्पष्टता यथावत् 
अमेरिकाले लामो समयदेखि ताइवानको सार्वभौमिकतामा कुनै अडान लिएको छैन । तर टापुमा बल प्रयोगको विरोध भने गर्दै आएको छ । ट्रम्प प्रशासनले हालै ताइवानलाई ३३ करोड डलरको हतियार बिक्रीलाई अनुमोदन गरेपछि चीनले यसको कडा विरोध गरेको थियो । 

फोनवार्ताका क्रममा फेन्टानिल, भटमास र अन्य कृषि उत्पादनबारे पनि छलफल गरिएको ट्रम्पले बताए । ‘हामीले हाम्रा किसानका लागि धेरै महत्त्वपूर्ण सम्झौतामा पुगेका छौं, र यो अझ राम्रो हुनेछ,’ उनले भने । 

बुसान बैठकदेखि दुई देशहरू बीचको सम्बन्धमा स्थिर र सकारात्मक प्रगति भएको चिनियाँ विदेश मन्त्रालयले बताएको छ । तर विज्ञप्तिमा उसले व्यापार वा भटमास खरिदमा कुनै ठोस सम्झौता भएको चाहिँ उल्लेख गरेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप