सुर्खेतमा एमाले नेता महेश बस्नेतविरुद्ध प्रदर्शन
मङ्गलबार, ०९ मङ्सिर २०८२, ११ : २८
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध युवाहरूको एक समूहले आज प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागीहरूले बस्नेतविरुद्ध प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।
बस्नेत आज बिहान मात्रै सुर्खेत आएका थिए । युवा संघको आयोजनामा वीरेन्द्रनगरस्थित जिल्ला समन्वय समितिको सभाहलमा मंगलबार कार्यक्रम तय गरिएको संगठनले जनाएको छ ।
महेश बस्नेत सुर्खेत आएसँगै वीरेन्द्रनगरमा सुरक्षा व्यवस्था निकै कडा गरिएको छ। प्रहरी स्राेतका अनुसार बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामादा बाई विन्धामले बोलबम यात्रीलाई सहयोग गर्ने
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण