चार महिनामा ६६ करोडको लसुन आयात
मङ्गलबार, ०९ मङ्सिर २०८२, ११ : ४६
काठमाडौँ । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ ।
उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
अघिल्लो वर्ष २०८१/८२ मा अस्वाभाविक रूपमा लसुन आयात बढेको थियो । अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँको २३९८९ मेट्रिक टन लसुन आयात भएको थियो । उक्त परिमाणमा लसुन आयात हुँदा ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण