बैंकिङ कसुर मुद्दामा फरार १० जना प्रतिवादी पक्राउ
मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : ३०
काठमाडौँ । प्रहरीले भक्तपुरबाट बैंकिङ कसुर मुद्दामा फरार १० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बस्ने राधादेवी श्रेष्ठ लगायत छन् । श्रेष्ठ विरुद्ध भक्तपुर जिल्ला अदालतले कैद सजाय हुने ठहर गरेको थियो ।
४० लाख बिगो माग गरिएको चेक अनादर मुद्दामा २ वर्ष कैदमा राख्ने आदेश अनुसार श्रेष्ठलाई कारागार चलान गरिएको भक्तपुरका एसपी सुर्य बहादुर खड्काले रातोपाटीलाई बताए । उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ ।
मंसिर ९ र ८ मा बैंकिङ कसुर र चेक अनादर मुद्दाका थप ९ जनालाई भक्तपुरको विभिन्न स्थानबाट पक्राउ गरिएको एसपी खड्काले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तिम १६ मा प्रवेशका लागि कोलम्बिया र घानाबिच प्रतिस्पर्धा सुरु
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
विश्वकपका लगातार ८ खेलमा गोल गर्ने एकमात्र खेलाडी बने मेस्सी
-
अर्जेन्टिनासँग हारको बाबजुद केप भर्डेले जित्यो फुटबल जगतको मन
-
केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश
-
रोमेरोको गोलसँगै अर्जेन्टिनाले फेरि लियो अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण