शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

जेनजी प्रदर्शनमा एटीएम तोडफोड गरेको आरोपमा युवक पक्राउ

मङ्गलबार, ०९ मङ्सिर २०८२, १४ : ४०
मङ्गलबार, ०९ मङ्सिर २०८२

काठमाडौं । जेनजी प्रदर्शनमा एटीएम तोडफोडमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–८ घर भएर भक्तपुरको थिमी बस्ने २९ वर्षीय बुद्धिमान तामाङ छन् । उनले जेनजी आन्दोलन हुँदा प्रहरी वृत्त थिमीसँगै रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम तोडफोड गरेको अनुसन्धानबाट थाहा भएको भक्तपुरका एसपी सूर्यबहादुर खड्काले जानकारी दिए ।

प्रहरीका अनुसार उनले भदौ २४ मा प्रहरी वृत्त थिमीमा आगजनी भएपछि एटीएम तोडफोड गरेका हुन् । प्रहरी वृत्त थिमीले उनीमाथि अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप