अब पुरानो पार्टीको धङधङीबाट मुक्त होऔँ : माधव नेपाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले अब पुरानो पार्टीको धङधङीबाट मुक्त हुन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अखिल नेपाल ट्रेड युनियनले मंगलबार आयोजना गरेको कार्यक्रममा उहाँले १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेकोले अब सबै नयाँ भएको बताएका हुन् ।
उनले पेरिसडाँडा मेरो, आलोकनगर तपाईँहरूको भन्ने मानसिकताबाट मुक्त हुन पनि आग्रह गरे । यो सङ्गठन मेरो, अर्को सङ्गठन अरूको भन्ने भ्रममुक्त भएर अब सबै जनसङ्गठनहरूलाई एकताबद्ध गर्नुपर्नेमा उनले जोड दिए ।
उनले इतिहासको चर्चा गर्दाखेरि पनि २०५२ सालदेखिको मात्रै नभएर २००६ सालदेखिको चर्चा गर्न पूर्वमाओवादी कार्यकर्ताहरूलाई आग्रह गरे ।
२०२८ सालदेखि झापा विद्रोहको चर्चा गर्नुपर्ने उनको भनाई छ । उनले पार्टीमा योगदान भएका सबै नेताहरूको बारेमा चर्चा गर्न पनि कार्यकर्तालाई निर्देशन दिए ।
उनले नेकपा एमालेका कार्यकर्ताहरूले अध्यक्ष केपी ओलीलाई ‘बा’ भन्ने गरेकोप्रति कटाक्ष गर्दै पार्टी भित्र ‘बा’ प्रवृत्ति हाबी हुन दिन नहुने बताए । एउटा मात्रै नेताको मात्रै चर्चाले आफूहरूको पार्टीभित्र पनि बा भन्ने प्रवृत्ति हाबी हुने उनको भनाई छ ।
उनले भने, ‘हामीले भर्खरै १४ वटा घटकलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टीको गठन गरेका छौँ । म तपाईँहरूलाई फेरि पनि भन्न चाहन्छु, अव यो नयाँ पार्टी भएको छ । त्यसो भएको हुनाले पुरानो पार्टीको धङधङीबाट मुक्त पनि हुनुपर्छ । यो महसुस नहोस्, मनोविज्ञानलाई पनि बुझेर चल्नुपर्छ । त्यसो हुनाले प्रशिक्षणको पनि आवश्यकता छ । पेरिसडाँडा मेरो, आलोकनगर तपाईँहरूको भन्ने मानसिकताबाट मुक्त हुनुपर्छ । यो सङ्गठन मेरो, अर्को सङ्गठन अरूको भन्ने भ्रममुक्त हुनुपर्छ । अब एउटै पार्टी बनाएका छौँ । सबै जनसङ्गठनहरूलाई पनि एकताबद्ध गर्नुपर्नेछ । इतिहासको चर्चा गर्दाखेरि पनि ५२ सालदेखिको मात्रै होइन २००६ सालदेखिको चर्चा हुनुपर्छ । २०२८ सालदेखि झापा विद्रोहको चर्चा हुनेछ । एउटा नेताको मात्रै हुनेछैन, अनेकौँ नेताहरूले खेलेको महत्त्वपूर्ण भूमिकालाई पनि स्मरण गुर्नपर्छ । नभए हामीभित्र पनि बा भन्ने प्रवृत्ति हाबी हुनेछ । बा प्रवृत्तिबाट मुक्त हौँ, हामी ।’
उनले एक, अर्काप्रतिको विश्वासले पार्टीलाई नेपाली जनताको आशा र भरोसाको केन्द्रको रूपमा विकास गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण