करनको विष्फोटिङ ब्याटिङ, काठमाडौँले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
मङ्गलबार, ०९ मङ्सिर २०८२, १७ : ३५
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा काठमाडौँ गुर्खाजले लुम्बनी लायन्सलाई १५८ रनको मध्यम लक्ष्य दिएको छ ।
काठमान्डुले पूरा ओभर खेल्दै ८ विकेटको क्षतिमा १५७ रन बनाउन सक्यो । करन केसीले विस्फोटक ब्याटिङ गर्दै टोलीको मध्यम स्कोर खडा गरेका हुन् । ११ बलमा ३४ रन बनाएका उनी नटआउट रहे ।
आज काठमान्डुका भरपर्दा ब्याटरहरू भने चल्न सकेनन्, आकाश त्रिपाठीले ३२ रन बनाउँदा सन्तोष यादवले २६ तथा मिलिन्द कुमार र गेराल्ड इरास्मसले १७/१७ रन बनाए ।
टस हारेर ब्याटिङमा उत्रिएको काठमान्डुको सुरुवात राम्रो हुन सकेन । आज मात्र एक ओभर गरेका लुम्बिनीका कप्तान रोहित पौडेलले दुई विकेट लिए भने ट्रम्पलमान र शेर मल्लले पनि समान २/२ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण