बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

टी–२० विश्वकपः नेपालका चारै खेल मुम्बईमा, हेर्नुहोस् सबैको तालिका

मङ्गलबार, ०९ मङ्सिर २०८२, २० : ३९
मङ्गलबार, ०९ मङ्सिर २०८२

सारांश

  • आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ, जुन भारत र श्रीलंकामा आयोजना हुनेछ।
  • नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ, र समूह चरणका अन्य खेलहरू इटाली, वेस्ट इन्डिज र बंगलादेशसँग हुनेछन्।
  • प्रतियोगितामा २० टोलीबीच ५५ खेल हुनेछन्, जसमा भारतका रोहित शर्मा ब्रान्ड एम्बेसडर छन् र फाइनल खेल अहमदाबादमा हुनेछ।

काठमाडौँ । आईसीसीले सन् २०२६ को टी-२० विश्वकपको तालिका सार्वजनिक गरेको छ । भारतको मुम्बईमा जारी आईसीसीको विशेष समारोहमा यसको घोषणा गरिएको हो । 

प्रतियोगिता फेब्रुअरी ७ देखि मार्च ८ सम्म ७ सहरका ८ फरक स्थानमा आयोजना हुनेछन् । यीमध्ये भारतका ५ र श्रीलंकाका २ सहर समावेश छन् । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान रोहित शर्मालाई यस प्रतियोगिताको ब्रान्ड एम्बेसडर नियुक्त गरिएको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भारतले अमेरिकासँग खेल्नेछ । चिर प्रतिद्वन्द्वी पाकिस्तानसँग भारतले फेब्रुअरी १५ मा कोलम्बोमा भिड्नेछ । ग्रुप चरणमा हरेक दिन ३ खेल खेलाइनेछन् । नेपाल भने ग्रुप सीमा छ । यस ग्रुपमा इंग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बंगलादेश छन् । नेपालले पहिलो खेल माघ २५ गते इंग्ल्यान्डसँग मुम्बईमा खेल्नेछ । त्यस्तै फेब्रुअरीमा इटालीसँग दोस्रो खेल खेल्नेछ । वेस्ट इन्डिजसँग भने फेब्रुअरी १५ मा नेपालले खेल्नेछ । र समूह चरणको अन्तिम खेल बंगलादेशसँग फेब्रअुरी १७ मा खेल्ने छ । 

नेपालले चार वटै खेल भारतको मुम्बईमा खेल्ने तय भएको छ । 

भारतलाई भने अमेरिका, नेदरल्याण्ड्स, नामिबिया र पाकिस्तानसँगै एउटै समूहमा राखिएको छ । प्रतियोगिताको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

यदि पाकिस्तानले नकआउट चरणमा प्रवेश गरे त्यसका खेलहरू श्रीलंकामा आयोजना हुनेछन् । यस प्रतियोगितामा २० टोलीबिच कुल ५५ खेल हुनेछन् । ग्रुप चरणमा टोलीहरूलाई ४ विभिन्न समूहमा विभाजन गरिएको छ । 

युरोपेली देश इटालीले पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ । आयोजक राष्ट्रका साथै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्गल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले पछिल्लो विश्वकपको सुपर–८ चरणमा पुगेका कारण छनोट भएका छन् । 

icc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप