बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

बिहानैदेखि गुलजार असन बजार (तस्बिरहरू)

बुधबार, १० मङ्सिर २०८२, ०९ : ३९
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • काठमाडौँको असन र इन्द्रचोक क्षेत्र पुरानो व्यापारिक केन्द्र हो, जहाँ विभिन्न सामान पाइन्छन्।
  • असन इन्द्रचोक क्षेत्र लिच्छविकालदेखि नै व्यापारको लागि चर्चित रहँदै आएको छ।
  • काठमाडौँ महानगरपालिकाले बिहानको व्यापारको लागि समयसीमा तोकेको छ, तर बजारमा ग्राहकको भीड लाग्ने गर्छ।

काठमाडौँ । देशकै प्रमुख र पुरानो व्यापारिक केन्द्र हो काठमाडौँको असन र इन्द्रचोक क्षेत्र ।  लिच्छविकालदेखि नै व्यापारका लागि चर्चित असन इन्द्रचोक क्षेत्र मल्लकालसम्म आइपुग्दा दक्षिणमा भारत र उत्तरमा तिब्बतसँगको मुख्य व्यापारिक केन्द्र रूप स्थापित भएको थियो ।

दिनको समयमा जति गुलजार बन्छ असन इन्द्रचोक क्षेत्र बिहान र साँझको समयमा पनि त्यस्तै रहने गर्दछ । असनदेखि इन्द्रचोकसम्मको करिब दुई सय मिटरको दूरीमा विभिन्न भाँडाकुँडा, लत्ताकपडा लगायत नुन देखि सुन सम्म पाइने गर्दछ ।

ashon (2)

त्यसैले त यो क्षेत्र विभिन्न चाडपर्वमा किनमेल गर्न आउनेहरूको निकै बाक्लो भीड लाग्ने गर्दछ ।

ashon (3)

बिहानको समयमा भने अधिकांश हरिया सागसब्जी, विभिन्न तरकारी, फलफूल लगायत ताततातो सेल रोटी सम्म किन्न र खाना पाइन्छ । बिहानी समयको व्यापारलाई व्यवस्थित गर्न काठमाडौँ महानगरपालिकाले समयसीमा निर्धारण गरेको छ । लामो समय देखि इन्द्रचोक क्षेत्रमा बिहानको समयमा तरकारी बिक्री गर्दै आएका श्रीराम रायमाझीका अनुसार एक वर्ष अगाडी सम्म ९ बजे सम्म व्यापार गर्न  पाइन्थ्यो पनि अहिले भने समय घटाएर ८ बजे सम्म मात्र व्यापार गर्न पाइने नियम लागू भएको बताए ।

ashon (4)

काठमाडौँमा सहरीकरणसँगै विभिन्न सपिङ मल र व्यापारिक कम्प्लेक्स थपिएका छन् तर पनि असन इन्द्रचोक क्षेत्रमा भने यसको खासै प्रभाव देखिँदैन, यस क्षेत्रमा बिहान देखि साँझसम्मै ग्राहकको भिड लाग्ने गर्दछ ।  असन इन्द्रचोक बजारमा आम ग्राहकले खोजेको सामान सहजै पाइने हुनाले पनि यो सधैँ गुलजार हुने गरेको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

ashon (5)ashon (6)ashon (7)ashon (8)ashon (9)ashon (10)ashon (11)ashon (12)ashon (13)ashon (14)ashon (15)ashon (16)ashon (17)ashon (18)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप