बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
राजनीति

एमाले महाधिवेशन उद्घाटन सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा

बुधबार, १० मङ्सिर २०८२, ११ : ४१
बुधबार, १० मङ्सिर २०८२

सारांश

  • नेकपा एमालेको ११औँ महाधिवेशन भक्तपुरको सल्लाघारीमा हुने तय भएको छ।
  • काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो भएपछि उद्घाटन भक्तपुरमा गर्ने निर्णय गरियो।
  • महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डपमा हुनेछ र नारा तय गरियो।

सकाठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा हुने तय भएको छ ।

मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुलाचौरमा गर्ने निर्णय भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

नेता गौतमका अनुसार काठमाडौँको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र भक्तपुरमा गर्ने निर्णय भएको हो ।

महाधिवेशनको बन्द सत्र भने भृकुटीमण्डमा हुनेछ । महासचिव शंकर पोखरेल संयोजक रहेको एमाले महाधिवेशन सचिवालय समितिको बुधबार बसेको बैठकले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने तय गरेको हो ।

बैठकले पार्टीको महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ ।  ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्पः समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको प्रचार विभाग प्रमुख गौतमको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप