को बन्ला यूएनको नयाँ महासचिव ?
सारांश
- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको कार्यकाल अर्को वर्ष सकिँदै छ, जसका लागि नयाँ महासचिव चयन प्रक्रिया सुरु भएको छ।
- महासचिवको निर्वाचन प्रक्रियामा धेरै चरणको मतदान हुनेछ, जसमा सुरक्षा परिषद्ले उम्मेदवार सिफारिस गर्नेछ र गोप्य मतदान हुनेछ।
- मिशेल बाचेलेट, रेबेका ग्रिन्सपान र राफेल ग्रोसी जस्ता व्यक्तिहरू अर्को महासचिव बन्ने दौडमा छन्।
काठमाडौँ । संयुक्त राष्ट्र संघ (यूएन)का महासचिव एन्टोनियो गुटेरेसको दोस्रो पाँच वर्षिय कार्यकाल अर्को वर्ष समाप्त हुँदैछ । यस्तोमा मंगलबार देखि नयाँ महासचिव चयनको प्रक्रिया सुरु भएको छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा यूएनका महासचिवको पद निकै महत्त्वपूर्ण हुन्छ । कयौं चर्चित व्यक्ति यो पदमा आसिन हुने दौडमा रहने गरेका छन् । आजको यस लेखमा हामी यूएनको महासचिव कसरी चयन गरिन्छ र यसको पूरै प्रक्रिया के हुनेछ भनेर कुराकानी गर्नेछौँ ।
कहिले सुरु हुन्छ प्रक्रिया ?
यूएनका महासचिव निर्वाचनको प्रक्रिया मंगलबार औपचारिक रूपमा सुरु भयो । मंगलबार १५ सदस्यीय सुरक्षा परिषद् र १९३ राष्ट्रको महासभाका अध्यक्षले यूएनका सदस्य राष्ट्रहरूबाट अर्को महासचिवको लागि मनोनयनको लागि अनुरोध गर्दै संयुक्त पत्र जारी गरेका छन् महासचिव पदका लागि उम्मेदवार संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूबाट हुनुपर्छ ।
यो पद सामान्यतया क्षेत्र अनुसार फरक हुन्छ । वर्तमान महासचिव एन्टोनियो गुटेरेस २०१६ मा पोर्चुगल वा पूर्वी युरोपबाट उम्मेदवारको रूपमा निर्वाचित भएका थिए । यो पद अब ल्याटिन अमेरिकी नेतालाई प्रस्ताव गर्न सकिन्छ । यद्यपि, केही कूटनीतिज्ञहरूले अन्य क्षेत्रका उम्मेदवारहरू पनि प्रस्ताव गर्न सक्छन् ।
के छ निर्वाचन प्रक्रिया ?
नयाँ महासचिवको लागि निर्वाचन प्रक्रिया धेरै महिनासम्म चल्नेछ, जसमा धेरै चरणको मतदान हुन्छ । यसअघि, संयुक्त राष्ट्र सुरक्षा परिषद्ले आउँदो वर्षको अन्त्यमा यूएनको १०औं महासचिवको निर्वाचनको लागि १९३ सदस्यीय महासभामा आधिकारिक रूपमा उम्मेदवार सिफारिस गर्नेछ । सुरक्षा परिषद्ले गोप्य मतदान गर्नेछ, जसलाई स्ट्र पोल भनिन्छ । स्ट्र पोलमा, परिषद्का सदस्यहरूलाई प्रत्येक उम्मेदवारको लागि प्रोत्साहन गर्ने, निरुत्साहित गर्ने वा कुनै राय छैन भनी तीन विकल्प दिइन्छ । अन्ततः, सुरक्षा परिषद्का पाँच स्थायी सदस्य– अमेरिका, रूस, बेलायत, चीन र फ्रान्सले एक जना उम्मेदवारमाथि सहमति दिनु पर्नेछ ।
सुरक्षा परिषद्को स्ट्र पोलमा स्थायी सदस्य राष्ट्रहरू र १० निर्वाचित सदस्यहरूका लागि फरक–फरक रंगका मतपत्रहरू हुन्छन् । २०१६ मा गुटेरेस निर्वाचित हुँदा, सुरक्षा परिषद्ले सहमतिमा पुग्न छ वटा स्ट्र पोल गरेको थियो । स्ट्र पोलपछि, सुरक्षा परिषद्ले बन्द ढोकाभित्र एक प्रस्ताव पारित गरेर नयाँ महासचिवको नाममा मोहर लगाउँछ । प्रस्ताव पारित हुन नौ मत चाहिन्छ । कुनै भिटोको आवश्यक पर्दैन ।
को बन्ला अर्को महासचिव ?
युएन नयाँ संयुक्त राष्ट्र संघको महासचिव बन्ने दौडमा धेरै प्रमुख नाम छन् । तर, सबैभन्दा धेरै चर्चामा आएका केही नाम यस प्रकार छन्ः
मिशेल बाचेलेट– ल्याटिन अमेरिकी देश चिलीको तर्फबाट पूर्व राष्ट्रपति मिशेल बाचेलेटको नाम प्रस्तावित गरिनेछ । बाचेलेट चिलीकी पहिलो महिला राष्ट्रपति हुन् । उनले २०१८–२०२२ सम्म यूएनको मानव अधिकार उच्चायुक्त र त्यसअघि पहिलो महिला कार्यवाहक अध्यक्षको रूपमा काम गरिसकेकी छिन् ।
रेबेका ग्रिन्सपान– कोष्टारिकाले पूर्व उपराष्ट्रपति रेबेका ग्रिन्सपानलाई गर्न सक्नेछ । राष्ट्रपति रोड्रिगो चाभेजले यसको जानकारी दिएका हुन् । ६९ वर्षीया ग्रिन्सपान हाल व्यापार र विकास सम्बन्धी संयुक्त राष्ट्र सम्मेलनको महासचिवको रूपमा काम गर्छिन् ।
राफेल ग्रोसी– अर्जेन्टिनाले पूर्व कूटनीतिज्ञ राफेल ग्रिन्सपानको नाम प्रस्ताव गर्ने सम्भावना छ । उनी हाल हाल अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको महानिर्देशकको रूपमा काम गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण