यूएईले दिन थाल्यो नेपालीलाई भिसा, पुलिस रिपोर्ट अनिवार्य
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले जेनजी आन्दोलनपछि नेपालीका रोक लगाएको श्रम तथा भिजिट भिसा खुला गरेको छ । अब यूएई जान प्रहरीको चारित्रिक प्रमाणपत्र भने अनिवार्य चाहिने भएको छ ।
यससँगै रोजगारी तथा भ्रमणका लागि यूएई जान चाहनेहरुले भिसा पाउन थालेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवन सिंह गुरुङले जानकारी दिए । ‘केहीले आज भिसा पनि प्राप्त गरेका छन्,’ उनले भने ।
त्यसो त यूएईले नेपालीलाई भिसा रोकेको कुरा हालसम्म औपचारिक रुपमा केही बताएको थिएन । भिसा खुलाएको कुरा पनि औपचारिक रुपमा नेपाललाई जानकारी गराइएको छैन ।
भदौ २४ गते जेनजी प्रदर्शनपछि जेलबाट कैदी भागेको विषयलाई कारण देखाउँदै यूएईले भिसामा रोक लगाएको थियो । जेलबाट भागेकाहरुको अवस्थाबारे यूएई विश्वस्त हुन चाहेको थियो । भिसा रोकिएपछि परराष्ट्र मन्त्रालयले यूएई सरकारसँग निरन्तर संवाद गरेको थियो । नेपाल वैदेशिक रोजगार व्यवसाय संघले पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय गरिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण