नवनियुक्त मुख्य सचिवका यी हुन् २५ बुँदे प्राथमिकता
सारांश
- नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले आफ्ना प्राथमिकता २५ बुँदामा प्रस्तुत गरे।
- उनले फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउन जोड दिए।
- सुरक्षा निकायलाई सहयोग गरी राष्ट्रिय सुरक्षा प्रणाली सुदृढ बनाउने उनको प्राथमिकता छ।
काठमाडौँ । नवनियुक्त मुख्य सचिव सुमनराज अर्यालले आफ्ना प्राथमिकतालाई २५ बुँदामा प्रस्तुत गरेका छन् ।
पद बहालीपछि बुधबार विभिन्न मन्त्रालयका सचिव तथा कर्मचारीहरूलाई सम्बोधन गर्दै मुख्य सचिव अर्यालले प्राथमिकताका विषयबारे चर्चा गरेका हुन् ।
मुख्य सचिव अर्यालले पहिलो बुँदामा फागुन २१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित वातावरणमा गराउनु नै रहेको प्रस्ट पारेका छन् । ‘यस विषयलाई सबैले उच्च प्राथमिकतामा राखी निजामती सेवा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभाग लगायत सुरक्षासँग जोडिएका सबै मन्त्रालय र निकायहरूबीच उचित समन्वय र सुदृढ कार्यात्मक सम्बन्ध स्थापित गरी तोकिएकै मितिमा चुनाव सम्पन्न गराउन आ–आफ्नो क्षेत्रबाट प्रतिबद्ध रहने,’ उनले भनेका छन् ।
यस क्रममा मुलुकमा सुरक्षाको पूर्ण प्रत्याभूति गर्ने, मतदाता नामावलीलाई अद्यावधिक गर्ने, निर्वाचन सम्बन्धी कार्यविधि र निर्देशिकामा गर्नुपर्ने समसामयिक सुधारलाई नेपाल सरकार मन्त्रिपरिषद्बाट यथाशीघ्र अनुमोदन गराउने लगायतका कार्यका लागि आवश्यक सहजीकरण गर्ने विषयलाई उनले पहिलो प्राथमिकतामा राखेका हुन् ।
दोस्रो प्राथमिकतामा मुख्य सचिव अर्यालले सबैलाई निःसङ्कोच र निर्भय रूपमा पूर्ण उत्साहका साथ आम निर्वाचनमा सहभागी गराउन र सबैबिच विश्वासको वातावरण निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन तथा निर्वाचन आयोगसितको समन्वयमा आ–आफ्नो तर्फबाट पूर्ण सहयोग र समन्वय गर्ने विषयलाई राखेका छन् ।
तेस्रो बुँदामा उनले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अनुसन्धान निकाय लगायतका सुरक्षा निकायहरूलाई आवश्यक सहयोग उपलब्ध गराई राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन आवश्यक समन्वय र सहजीकरण गर्ने विषय उल्लेख गरेका छन् ।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण