प्रधानसेनापति सिग्देल र भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट सेनगुप्ताबिच भेटवार्ता
बुधबार, १० मङ्सिर २०८२, १५ : ४३
काठमाडौँ । नेपाल भ्रमणमा आएका भारतीय सेनाका केन्द्रीय कमान्डका लेफ्टिनेन्ट जनरल अनिंद्य सेनगुप्ताले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका छन् ।
हिजो नेपाल आइपुगेका जनरल सेनागुप्ता आज सैनिक हेडक्वार्टर भद्रकाली गएर प्रधानसेनापतिसँग भेटवार्ता गरेका हुन् । दुई जनाको भेटघाटमा नेपाल र भारतको सुरक्षा सहयोगलाई अझ कसरी सुदृढ पार्ने विषयमा कुराकानी भएको बताइएको छ ।
लेफ्टिनेन्ट जनरल सेनगुप्ताको भ्रमणका दौरान हुने भेटघाट लगायतका कार्यक्रमले भारत र नेपालबिचको सैन्य सम्बन्ध तथा दुई देशको मित्रतालाई अझ सुदृढ बनाउन योगदान पु-याउने विश्वास लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण