धनगढीमा जेनजी र युवासङ्घबिच झडप, एक जना घाइते
बुधबार, १० मङ्सिर २०८२, १६ : ०४
काठमाडौँ । कैलालीस्थित धनगढीमा जेनजी र नेकपा एमाले निकट युवा सङ्घका नेता–कार्यकर्ताहरूबिच झडप भएको छ ।
बुधबार एमाले नेता महेश बस्नेत धनगढी गएको विरोधमा जेनजी युवाहरूले जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेपछि युवासंघका कार्यकर्ता र जेनजीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
नेता बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर लैजाने क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवासँग झडप भएको हो ।
धकेलाधकेल हुँदा जेनजी समूहका सरिता जोशी घाइते भएको प्रहरीले जनाएको छ । उनको हातमा चोट लागेको र स्थिति सामान्य बनेको जिल्ला प्रहरी कार्यालयका एक प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
धनगढीमा एमाले निकट युवा सङ्घको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी गएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण