गाजाका हजारौं विस्थापितहरू सुरक्षित आश्रयको खोजीमा : युएनआरडब्लुए
सारांश
- युएनआरडब्लुएका अनुसार गाजामा हजारौं विस्थापितहरू सुरक्षित आश्रय खोज्दै छन् ।
- अस्थायी शिविर बनाएर आश्रय दिने विकल्प नरहेको युएनआरडब्लुएले जनाएको छ ।
- ८५ वटा आश्रय स्थलमा ७९ हजारभन्दा बढी विस्थापित व्यक्तिहरू बसोबास गरिरहेका छन् ।
काठमाडाैँ । प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले गाजा पट्टीमा हजारौं विस्थापित मानिसहरूले इजरायली इकाईको दुई वर्ष लामो युद्ध पछि हालको चिसो मौसमको लागि सुरक्षित आश्रय खोज्न सङ्घर्ष गरिरहेको बुधबार उल्लेख गरेको छ ।
एजेन्सीले सामाजिक सञ्जाल एक्स मार्फत सुचना सार्वजनिक गरेको हो । एजेन्सिका अनुसार उनीहरूसँग अस्थायी शिविरहरू सिर्जना गर्नु बाहेक कुनै विकल्प नएको जनाउदै थप आश्रयको आवश्यकता रहेको युएनआरडब्लुएले उल्लेख गरेको छ ।
एजेन्सीले युएनआरडब्लुएले व्यवस्थापन गरेको ८५ वटा आश्रय स्थलमा ७९ हजार भन्दा बढी विस्थापित व्यक्तिहरू बसोबास गरेकोसमेत उल्लेख गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका महासचिवका प्रवक्ता स्टेफन डुजारिकले हिजो गाजाका धेरै परिवारहरू बाढीको जोखिममा रहेको उल्लेख गर्दै उनीहरु कमजोर तथा सुविदा विहिन आश्रयस्थलहरूमा बसिरहेकाले खराब मौसमको अत्यधिक जोखिममा रहेको चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण