के छ जसपा नेपालले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा ?
सारांश
- जसपा नेपालले शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी राज्यले लिनुपर्ने माग गरेको छ।
- पार्टीले गरिब, विपन्न वर्ग र लोपोन्मुख समुदायका लागि निःशुल्क शिक्षा, तालिम र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ।
- जसपा नेपालले राजनीतिक नियुक्तिमा भागबण्डाको अन्त्य गरी योग्यताको आधारमा नियुक्ति गर्नुपर्ने माग गरेको छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी राज्यले नै लिनुपर्ने माग गरेको छ । बुधबार प्रधानमन्त्रीलाई २८ बुँदे ज्ञापनपत्र बुझाएको जसपा नेपालले शिक्षा र स्वास्थ्य सेवामा भइरहेको माफियाकरण र व्यापारीकरणको अन्त्य गरी सबैका लागि समान एवं व्यावसायिक गुणात्मक शिक्षा, स्वास्थ्य सेवा र रोजगारीको जिम्मेवारी लिनुपर्ने माग राखेको छ ।
पार्टीले सरकारले अत्यन्त गरिब एवं विपन्न वर्ग तथा लोपोन्मुख सीमान्तकृत दलित र महिलाहरूका लागि निःशुल्क शिक्षा, प्राविधिक तालिम र रोजगारीको व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।
‘नेपाल सरकारले गर्ने राजनीतिक नियुक्तिहरूमा भाग–बन्डाको अन्त्य गरी योग्यता, क्षमता, अनुभव र योगदानको आधारमा समानुपातिक समावेशी हुने गरी नियुक्ति गरिने व्यवस्था गरिनुपर्दछ,’ जसपा नेपालले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।
जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत बिहीबारदेखि (मङ्सिर ११ गते देखि १५ गतेसम्म) प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्न लागेको छ ।
सरकारले जनसवालका माग र मुद्दाहरू बेवास्ता गरेपछि चरणबद्ध सङ्घर्षमा उत्रनुपरेको र अन्ततः सङ्घर्षका कार्यक्रममार्फत पार्टी जनतामाझ जाने निर्णयमा पुगेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता बन्द भएपछि पनि सरकारी कोषबाट कसरी खर्चिइयो १८ अर्ब ?
-
सबै पुराना स्मार्ट लाइसेन्सको छपाइ सम्पन्न, नयाँ २४ घण्टाभित्रै
-
अर्जेन्टिनाको ‘म्याजिकल’ कमब्याक शृंखला, इङ्ल्यान्डले कस्तो गल्ती गर्यो ? (भिडियो)
-
अब हाम्रो नेतृत्वको सरकारले सुशासन र समृद्धिको जग बसाल्छः खगराज भट्ट
-
कमेडी शो ‘लुरे बुढा, भुँडे बुढी’ लिएर आउँदै इकु र स्नेहा
-
किन एकपछि अर्को गर्दै एक्लिँदै छ नेकपा एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण