सुनको मूल्य सामान्य घट्यो
बिहीबार, ११ मङ्सिर २०८२, १० : ५६
सारांश
- आज सुनको मूल्य तोलामा रु ४०० ले घटेको छ, भने चाँदी रु ६० ले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ ।
- अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुन प्रति औँस चार हजार १५४ डलर र चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौँ । आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा रु ४०० ले घटेको हो । चाँदीको मूल्य भने रु ६० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार २८० कायम भएको छ ।
हिजो सुनको मूल्य प्रतितोला रु दुई लाख ४८ हजार ८०० कायम भएको थियो भने एक तोला चाँदी रु तीन हजार २२० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन चार हजार १५४ र त्यति नै चाँदी ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण