शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पञ्चवर्षीय रणनीतिक योजना बनाउँदै मध्यपश्चिम विश्वविद्यालय

बिहीबार, ११ मङ्सिर २०८२, १२ : १२
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • मध्यपश्चिम विश्वविद्यालयले पाँच वर्षे रणनीतिक योजना बनाउन थालेको छ।
  • योजना बनाउन सरोकारवालाहरुसँग सुझाव लिइँदैछ।
  • योजनाले विद्यार्थीलाई आकर्षित गर्ने र सीप सिकाउने कुरामा जोड दिनेछ।

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना बनाउन सुरु गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना बनाउने अन्तरक्रिया तथा सुझाव सङ्कलन आज नारायण बहुमुखी क्याम्पसमा दैलेखबाट सुरु गरेकाे हाे ।

कार्यक्रममा पूर्वसांसद रविन्द्रराज शर्माले समाजको आवश्यकता र श्रमबजारको माग अनुरूप खपत हुने जनशक्ति उत्पादन गर्ने गरी योजना बनाउन सुझाएका छन् । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक एवं पाँच वर्षे रणनीतिक योजना बनाउने समितिका संयोजक डा.विष्णुकुमार खड्काले विद्यार्थीलाई आकर्षण गराउने, गरिखान सीप सिकाउने, टिकाउने र विकाउने गरी योजना बनाइने बताए ।

अन्तरक्रियामा नारायण नगरपालिकाका उपप्रमुख तप्ताकुमारी थापा, विश्वविद्यालय योजना परिषद्का सदस्य एवं ग्राजुयट स्कूल अफ इन्जिनियरका डीन सह–प्राडा राजन सुवाल, क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष टेकबहादुर खाँड, खड्कबहादुर सिङ्जापति, तेजबहादुर चन्द, नेपाल पत्रकार महासङ्घ दैलेखका अध्यक्ष अमरबहादुर सुनार, उक्त क्याम्पसका स्ववियु कोषाध्यक्ष सुष्मा शाहीलगायतले नियमित तथा प्रविधिमैत्री कक्षा सञ्चालन, व्यवहारिक एवं जीवनोपयोगी शिक्षाको आवश्यकता, क्याम्पसको विकास तथा विस्तारका लागि अवलम्बन गर्नुपर्ने उपायलाई ध्यानमा राखी योजना ल्याउन सुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप