सुदूरपश्चिमविरुद्ध लुम्बिनीलाई पहिलो सफलता
सारांश
- बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
- खेल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको छ ।
काठमाडौँ । लुम्बनीविरुद्ध जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमलाई पहिलो झट्का लागेको छ । जोस ब्राउन ७ बलमा ९ रन बनाएर क्याच आउट भए । उनी अभिशेष गौतमको बलमा सिकार भएका हुन् ।
दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा सुदूरपश्चिम रोयल्सले १४४ रनको लक्ष्य पछ्याइरहेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९ ओभर ४ बलमा सम्पूर्ण विकेट गुमाउँदै १४३ रन बनाको थियो ।
लुम्बिनीका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै दिलिप नाथले ३१ रन बनाउँदा ड्रेसी शर्ट र सुमित महर्जनले समान १८–१८ रनको योगदा गरे ।
लुम्बिनीका गुल्बदिन नैबले ११ रन बनाउन बाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ सुूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तीन–तीन विकेट लिए । त्यस्तै हेमन्त धामी दुई विकेट लिँदा स्कट गुग्गलेइनले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण