बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

माधव नेपालले भने : नेकपाको एकता दीर्घकालीन रूपमा बलियो छ

बिहीबार, ११ मङ्सिर २०८२, १६ : १५
बिहीबार, ११ मङ्सिर २०८२

सारांश

  • माधवकुमार नेपालले वैचारिक र सैद्धान्तिक आधारमा पार्टी एकता दिगो हुने बताए।
  • उनले देशभर नेकपाप्रति आकर्षण बढेको र सोही अनुसार काम गर्न आग्रह गरे।
  • उनले पार्टी एकता बलियो भएको र अब काम गर्नुपर्नेमा जोड दिए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले वैचारिक र सैद्धान्तिकको आधारमा पार्टी एकता भएकाले एकता दिगो हुने जिकिर गरेका छन् । बिहीबार राष्ट्रियसभा गृहमा आयोजित एकता सभालाई सम्बोधन गर्दै उनले पार्टी एकता बलियो हुने जिकिर गरेका हुन् ।  

नेपालले देशैभरि नेकपाप्रति आकर्षण बढेकाले त्यसैअनुसार काम गर्न सबैलाई आग्रह गरे । ‘विचार, सिद्धान्त, नेपाली विशेषताको वैज्ञानिक समाजवादको आधारमा हाम्रो एकता भएको छ । त्यसकै आधारमा नेपाली कम्युनिस्ट पार्टीको एकता बलियो भएको छ’, उनले भने– ‘अब कुरा धेरै होइन काम गर्नुपर्छ । सबै समिति र जनवर्गीय सङ्गठनमा समायोजन गर्नुपर्ने काम बाँकी छ । हाम्रो पार्टीप्रति देशैभरि आकर्षण बढेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप