डीआईजी जयराज सापकोटालाई हेडक्वार्टरले सोध्यो स्पष्टीकरण
सारांश
- प्रहरी प्रधान कार्यालयले डीआईजी जयराज सापकोटालाई स्पष्टीकरण सोधेको छ।
- डीआईजी सापकोटाले प्रहरी नियमावली विपरीत आचरण गरेको आरोप लागेको छ।
- कोशी प्रदेशको डीआईजी सरुवाको विषयमा असन्तुष्टि जनाएपछि स्पष्टीकरण सोधिएको हो।
काठमाडौँ । नेपाल प्रहरीका डीआईजी जयराज सापकोटालाई प्रहरी हेडक्वार्टरले स्पष्टीकरण सोधेको छ । कार्य विभाग अन्तर्गत कार्य निर्देशनालयमा कार्यरत डीआईजी सापकोटाले प्रहरी नियमावली–२०७१ विपरीतको आचरण गरेको हुनाले उनलाई स्पष्टीकरण सोधिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले रातोपाटीलाई बताए ।
कोशी प्रदेशमा भएको डीआईजी सरुवा सम्बन्धी निर्णयमा सापकोटाले टिप्पणी गरेका थिए । गृहमन्त्री ओमप्रकाश अर्यालले कोशीमा विनोद घिमिरेलाई पठाउने निर्णय गरेपछि सापकोटाले सामाजिक सञ्जाल (फेसबुक)मा लेखेका थिए, ‘हम कभी नहि सुध्रेङ्गे, नेपाल पुलिस डीआईजीपी पोस्टिङ ।’
उनले कोशीको कमान्ड गर्ने इच्छा देखाएको तर, मन्त्रालयले फरक व्यक्तिलाई पठाउने निर्णय गरेपछि उनले असन्तुष्टि जनाएका हुन् । सापकोटाको असन्तुष्टि प्रहरी नियमावली–२०७१, प्रहरीको मिडिया सम्बन्धी नीति २०६० र आचारसंहिता–२०७७ भन्दा विपरीत रहेको हुनाले विभागीय कारबाही प्रक्रिया सुरु गरिएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमधाम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
-
फासीवाद के हो?
-
हेटौंडाको प्रादेशिक थोक बजार सञ्चालन तयारी
-
ढुक्क अमेरिका, उत्साहित ब्राजिल, नेदरल्यान्ड्स र जापानले के गर्लान् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण