बीपीएलमा सन्दीप र दीपेन्द्रसहित नेपालका पाँच खेलाडी सूचीकृत
सारांश
- बंगलादेश प्रिमियर लिग (बीपीएल)को अक्सनमा नेपालका पाँच खेलाडी सूचीकृत भएका छन्, जसमा सन्दीप लामिछाने पनि छन्।
- दीपेन्द्र सिंह ऐरी ‘डी’ क्याटेगोरीमा छन् भने आसिफ शेख, गुलशन झा र सोमपाल कामी ‘ई’ क्याटेगोरीमा छन्।
- अक्सनमा भारत, श्रीलंका, पाकिस्तान, आयरल्याण्ड, अफगानिस्तान र युकेका खेलाडीहरूको पनि नाम रहेको छ।
काठमाडौँ । बंगलादेश प्रिमियर लिग (बीपीएल)को आगामी संस्करणको अक्सनमा नेपालका पाँच खेलाडी सूचीकृत भएका छन् । नेपालका लेग स्पिनिर सन्दीप लामिछानेलगायत पाँच जना खेलाडीहरू सूचीकृत भएका हुन् ।
उनीहरूलाई विभिन्न क्याटोगरीमा राखिएको छ । लामिछाने ‘बी’ क्याटगरीमा रहँदा अलराउन्डर दीपेन्द्र सिंह ऐरी क्याटेगोरी ‘डी’ मा छन् । आसिफ शेख, गुलशन झा र सोमपाल कामी क्याटेगोरी ‘ई’ मा छन् ।
अक्सनको सूचीमा पहिलो पटक भारतका पियुष चावला लगायत रवि बोपारा, जोन्सन चार्ल्स र पोल स्टर्लिङ जस्ता खेलाडीहरूको नाम पनि अटाएको छ ।
यस वर्षको अक्सनमा सबैभन्दा धेरै खेलाडी श्रीलंकाबाट परेका छन् । श्रीलंकाबाट कुल ५० जना परेका छन् भने पाकिस्तानबाट ४५ जना, भारतबाट ३ जना, आयरल्याण्डबाट ६ जना र अफगानिस्तानबाट १८ जना खेलाडी अक्सनमा परेका छन् । त्यसैगरी संयुक्त अधिराज्य (युके) का ५४ खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका छन् ।
फ्रेन्चाइजहरूले अक्सनबाट कम्तीमा दुई विदेशी खेलाडी अनिवार्य रूपमा किन्नैपर्ने हुन्छ । कुल चार विदेशी खेलाडीका लागि प्रत्येक टोलीलाई ३ लाख ५० हजा अमेरिकी डलर खर्च गर्न पाउने व्यवस्था छ ।
अक्सन सकिएपछि भने फ्रेन्चाइजहरूले चाहेमा थप विदेशी खेलाडी पनि भर्ना गर्न पनि सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026