कांग्रेसमा महाधिवेशन विवाद : देउवा, खड्का र महामन्त्रीद्वयबिचको छलफल बिना निष्कर्ष टुङ्गियो
काठमाडौँ । नेपाली कांग्रेसभित्र देखिएको महाधिवेशन विवाद मिलाउन सभापति शेरबहादुर देउवा कार्यवाहक सभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबिचको छलफल बिना निष्कर्ष टुङ्गिएको छ ।
बिहीबार साँझ पार्टी सभापति देउवा निवासमा छलफल भएकाे थियो । आ–आफ्नो समूहमा थप छलफल गरेर भोलि बिहान फेरि बैठक बस्ने गरी बैठक सकिएको एक नेताले बताए ।
संस्थापन पक्ष निर्वाचन अगाडि महाधिवेशन गर्ने कार्यतालिका ल्याउन सकारात्मक बनेपछि मध्यमार्गी प्रस्तावको तयारीका लागि सभापति कार्यवाहक सभापति र महामन्त्रीद्वयबिच बैठकमा छलफल भएको थियो ।
गत असोज २८ गतेदेखि सुरु कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा १५औँ महाधिवेशनका लागि दुई वटा प्रस्ताव पेस भएका छन् ।
कात्तिक १९ गतेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।
त्यसको काउन्टरमा सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका पेस गरेपछि कांग्रेसमा महाधिवेशन विवाद उत्कर्षमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण