१९ करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार गर्ने युवक पक्राउ
बिहीबार, ११ मङ्सिर २०८२, २३ : ३२
सारांश
- काठमाडौं प्रहरीले अवैध क्रिप्टोकरेन्सी कारोबारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
- पक्राउ परेका युवक बाराका हुन् र उनले १९ करोड रुपैयाँ बराबरको क्रिप्टो कारोबार गरेको खुलेको छ।
- प्रहरीले युवकलाई भद्रकालीबाट पक्राउ गरी थप अनुसन्धानका लागि अदालतबाट म्याद थप गरेको छ।
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गर्दै आएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। बारा, कलैया–२० घर भई हाल काठमाडौँ–१५ डल्लु बस्ने २३ वर्षीय मोहम्मद सेफलाई बुधबार साँझ पक्राउ गरिएको हो।
प्रहरीका अनुसार क्रिप्टोकरेन्सी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा निगरानीअघि बढाएर सेफलाई नियन्त्रणमा लिइएको हो। उनको साथबाट विभिन्न कम्पनीका दुई थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानमा सेफले नेपाली रुपैयाँ १९ करोड ८१ लाख ४९ हजार ५८१ बराबरको क्रिप्टोकरेन्सी कारोबार गरेको खुलेको प्रहरीले जानकारी दिएको छ। उनलाई काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण