चितवनको ‘हिट एण्ड रन’ प्रकरणका फरार चालक काठमाडौँबाट पक्राउ
सारांश
- भरतपुर-रामपुर सडकखण्डमा पैदल यात्रुलाई ठक्कर दिई फरार मोटरसाइकल चालक पक्राउ परेका छन्।
- गत असोज २१ गते बिहान भएको दुर्घटनामा संलग्न गोरखाका २७ वर्षीय सुनिल गुरुङलाई काठमाडौँबाट पक्राउ गरियो।
- प्रहरीले सिसिटिभी र मोटरसाइकलको विश्लेषणपछि गुरुङलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
चितवन। भरतपुर–रामपुर सडकखण्डको सृष्टीचोकमा पैदल यात्रुलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालक काठमाडौँबाट पक्राउ परेका छन्।
गत असोज २१ गते बिहान करिब ५ः१० बजे मर्निङ वाकमा हिँडिरहेका ६० वर्षीय कृष्ण प्रसाद कँडेललाई ठक्कर दिई फरार भएको घटनामा संलग्न गोरखा नगरपालिका–१३ का २७ वर्षीय सुनिल गुरुङलाई मंगलबार काठमाडौँको बौद्ध क्षेत्रबाट पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सिसिटिभी फुटेज र विभिन्न मोटरसाइकलहरूको सूक्ष्म विश्लेषणपछि बा ३७ प ८५३० नम्बरको मोटरसाइकलले नै ठक्कर दिएको पुष्टि भएसँगै प्रहरीले गुरुङको खोजी तीव्र पारेको थियो।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा पक्राउ परेका गुरुङसँगै घटनामा प्रयोग भएको मोटरसाइकल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
गुरुङलाई चितवन जिल्ला अदालतबाट सवारी अङ्गभङ्ग सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर थप अनुसन्धान जारी रहेको चितवन प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण