एमाले प्रतिनिधि छनोट विवाद : धरानमा ओली पक्षको कुटाइबाट राजधामी घाइते
सारांश
- एमाले महाधिवेशनका लागि प्रतिनिधि छनौटमा विवाद हुँदा अनिल राजधामीमाथि आक्रमण भएको छ।
- आक्रमणमा पूर्व मुख्यमन्त्रीका निजी सचिव राजधामीलाई युवा संघका नेता र वडाध्यक्षको समूहले कुटपिट गरेको थियो।
- राजधामीले उम्मेदवारी फिर्ता लिन दबाब आएको र ज्यान जोखिममा परेको बताएका छन्, तर उम्मेदवारी कायमै रहेको जनाए।
विराटनगर । नेकपा एमालेको आसन्न ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटमा इतर पक्षबाट उम्मेदवारी दिएपछि संस्थापन पक्षका कार्यकर्ताले एमाले जिल्ला सदस्य अनिल राजधामीमाथि आक्रमण भएको छ ।
राजधामी पूर्वमुख्यमन्त्री भीम आचार्यका निजी सचिव समेत हुन् । एमाले धरानका कार्यालय नजिकै हिँजो बेलुका युवा संघ कोशी इन्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राई सहितको समूहले राजधामीलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् ।
राजधामीले अहिले आफू उपचार गराइरहेको बताए पनि अन्य विषयमा बोल्न उनी चाहेनन् । आफूमाथि कुटपिट गरेर अनुहारमै गम्भीर चोट लागेको उनले बताए ।
राजधामी र दिवस दुवैले महाधिवेशनमा युवा तर्फका प्रतिनिधिका लागि उम्मेदवारी दिएका थिए । स्रोतका अनुसार राजधामीलाई उम्मेदवारी फिर्ता लिने कागजमा सही गराएका छन् । यद्यपि आफ्नो उम्मेदवारी भने कायमै रहेको उनले बताए ।
‘ज्यान नै तलमाथि हुनसक्ने भएपछि दबाबमा हस्ताक्षर गरेको हुँ,’ उनले भने- ‘मेरो उम्मेदवारी कायमै छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण