ओलीका कारण देश थप सङ्कटमा फस्यो : गिरिराजमणि पोखरेल
सारांश
- नेकपा नेता गिरिराजमणि पोखरेलले जेनजी पुस्ताको आन्दोलन जायज भएको बताए ।
- उनले केपी ओलीका कारण देश संकटमा गएको आरोप लगाए, र ओलीको अहंकार नहटे मुलुक थप संकटमा पर्ने चेतावनी दिए ।
- पोखरेलले देश संकटमा रहेकाले तोकिएकै समयमा निर्वाचन हुनुपर्ने कुरामा जोड दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का नेता गिरिराजमणि पोखरेलले जेनजी पुस्ताले गरेको आन्दोलन जायज भएको बताएका छन् । शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजना गरिएको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन जायज भएकाले नेकपाले समर्थन गरेको बताएका हुन् ।
‘नवयुवा जेनजी पुस्ताले गरेको आन्दोलन जायज थियो । उनीहरूले देखेको सपना पुरा गर्नुपर्छ । तपाईंहरूको आन्दोलनलाई सबैभन्दा पहिले समर्थन गर्ने पार्टी नै हामी हौँ’, उनले भने ।
कार्यक्रममा पोखरेलले नेकपा एमालेका अध्यक्ष केपी ओलीका कारण देश सङ्कटमा गएको आरोप लगाए । जेनजी आन्दोलनपछि पनि ओलीमा अहङ्कार नहटेकाले मुलुक थप सङ्कटमा पुग्नेतर्फ सचेत गराए ।
देश अहिले निकै सङ्कटमा रहेकाले तोकिएकै समयमा निर्वाचन हुन आवश्यक रहेको उनले बताए । अहिले मुलुक सङ्कटमा रहेको भन्दै जोगाउनुपर्ने अवस्था रहेको उनले बताए । उनले समयमै निर्वाचनको आवश्यकता रहेको समेत बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण