‘यम बराल लाइभ इन सिड्नी’मा झुमे अस्ट्रेलियाका नेपाली
काठमाडौं । सांगीतिक भ्रमणका लागि अस्ट्रेलिया पुगेका गायक यम बराल शुक्रबार सिड्नीमा गुञ्जिएका छन् । ‘यम बराल लाइभ इन सिड्नी’ सांगीतिक साँझमा उनले प्रस्तुति दिए । युगल गायनमा यमलाई अस्ट्रिलयामै रहेकी गायिका प्रीति घिमिरेले साथ दिएकी थिइन् ।
सिड्नीको ग्रान्ड प्यालेसमा भएको कार्यक्रममा उल्लेख्य संख्यामा नेपाली दर्शकहरुको उपस्थिति रहेको यमले बताए । ‘निकै राम्रो कार्यक्रम भयो, दर्शकहरुले धेरै माया देखाउनुभयो,’ रातोपाटीसँग यमले भने ।
कार्यक्रममा उनले बादलुको घुम्टो, निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, दिलमाया, माया बस्यो मुटुमा, तिम्रो हाम्रो चिनारी, सनम माया लाकोदेखि लगायत केही नयाँ गीत समेत प्रस्तुत गरे ।

उक्त सांगीतिक साँझमा प्रीति घिमिरेका साथै महेन्द्र विक, रविन भुसाल र निशा गुरुङले पनि प्रस्तुति दिएका थिए ।

यम करिब एक महिनासम्म अस्ट्रेलियामा हुने विभिन्न कार्यक्रममा गुञ्जिनेछन् । शुक्रबारको कन्सर्टपछि उनी १४ डिसेम्बरमा सिड्नीकै एभरेस्ट रेस्टुरेन्ट एन्ड इभेन्ट सेन्टरमा आयोजना हुने ‘रमझम साँझ’मा सुनिनेछन् । अन्य ठाउँको तालिका आउने क्रममा रहेको यमले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण