विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
सारांश
- स्वास्थ्य मन्त्रालयले विदेशमा रहेका नेपालीका लागि स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ ।
- मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्शका लागि भाइबर, इमो र ह्वाटसएपमा सम्पर्क गर्न सकिनेछ ।
- त्रिभुवन विमानस्थलमा स्वास्थ्यसम्बन्धी सचेतनामूलक सन्देश राखिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा सुरु गरेको छ ।
मन्त्रालयले भाइबर, इमो र ह्वाटसएपमार्फत मिर्गौला रोग र अन्य रोगसम्बन्धी परामर्श २४सै घण्टा उपलब्ध गराउने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार मिर्गौला रोगसम्बन्धी सेवाका लागि नम्बर ००९७७ ९७६३४९०९०० मा भाइबर, इमो वा ह्वाटसएपमा फोन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मिर्गौलासम्बन्धी रोगको परामर्श सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अन्य स्वास्थ्य सेवासम्बन्धी परामर्श सेवा वीर अस्पतालबाट २४सै घण्टा उपलब्ध गराउने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए ।
अन्य स्वास्थ्य सेवाका लागि ००९७७ ९८५१३४५७०१ र ००९७७ ९८५१३४५७०२ नम्बरको भाइबर र ह्वाटसएपमा फोन गर्न सकिने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता बुढाथोकीले विदेशमा धेरै नेपाली बिरामी हुँदा समस्या पर्ने भएकाले परामर्श सेवा सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार विदेश जाने क्रममा श्रमिकलाई आवश्यक स्वास्थ्यसम्बन्धी जानकारीका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका विभिन्न स्थानहरुमा सचेतनामूलक सन्देश राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो
-
नेपालगन्जमा ऐतिहासिक तलाउ मासिँदै
-
महिनाकाे पहिलाे दिन कुन राशिकाे लागि शुभ ? हेर्नुहाेस् राशिफल
-
इरानसँगको सम्झौता पूर्ण भयो: राष्ट्रपति ट्रम्प
-
जापानको सानदार ‘कमब्याक’, नेदरल्यान्ड्ससँग २–२ को बराबरी
-
८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण