महामन्त्रीद्वयले गम्भीर गल्ती गर्दैछन्, पछि पछुताउँछन् : कांग्रेस नेता गुरुङ
सारांश
- केन्द्रीय सदस्य कल्याण गुरुङले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टी विवादमा चिन्तित नभएको आरोप लगाए।
- उनले सभापति देउवा र कार्यवाहक सभापतिको प्रयासलाई महामन्त्रीहरूले कमजोरी ठानेको आरोप लगाएका छन्।
- गुरुङले विवाद समाधानमा महामन्त्रीहरूको भूमिकाको अभाव रहेको र एकताका लागि आह्वान गरे।
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको जारी विवाद समाधानमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा चिन्तित नदेखिएको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा उनले भनेका छन्– 'नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र कार्यवाहक सभापति पूर्ण बहादुर खडकाको पार्टी भित्र हाल देखिएको आन्तरिक विवादलाई एकताबद्ध भएर समाधान निकाल्न गर्नु भएको अथक प्रयास र शालीन सदाशयतालाई पार्टीका महामन्त्रीहरूले वहाँहरूको कमजोरीको रूपमा बुझ्ने गम्भीर गल्ती गरी रहेको भन्ने सुनिन्छ । '
यदि यो सत्य हो भने त्यो वहाँहरूको गम्भीर भूल हुनेछ र वहाँहरूसँग पछुतो बाहेक केहि पनि हात लाग्ने छैन ।
आन्तरिक विवाद मिलाउने दायित्व सभापति र कार्यवाहक सभापतिको मात्र नभएर महामन्त्रीहरूको पनि भएको उनले उल्लेख गरेका छन् । आन्तरिक विवाद मिलाउन महामन्त्रीहरूले सदाशयता नदेखाएको उनको आरोप छ ।
विषम र कठिन बेलामा सबै मतभिन्नताहरूलाई बिर्सिएर पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण