सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन
शनिबार, १३ मङ्सिर २०८२, ०८ : ०२
सारांश
- सुर्खेतमा सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन भएको छ।
- दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए र उपचारका क्रममा मृत्यु भयो।
- दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्, उनको अवस्था मध्यम छ।
सुर्खेत । सवारी दुर्घटनामा परी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। गएराति वीरेन्द्रनगर नगरपालिका–२ स्थित वडा कार्यालय अगाडि भएको दुर्घटनामा ३४ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले पुष्टि गरेको छ। आचार्य रेडियो तिला आवाज कालिकोटका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर कालिकोटका अध्यक्ष समेत हुन् ।
प्रहरीका अनुसार, मुलपानीबाट भुरेलीतर्फ जाँदै गर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२००३ प १७४४ नम्बरको मोटरसाइकल र आचार्य सवार लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक शाही पनि घाइते भएका छन्। उनको टाउको र शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण