कार्यालय भवन बनेको दशकपछि बाटोको निकास
सारांश
- म्याग्दीको सामाजिक विकास कार्यालय पुग्ने बाटोको निकास खोलियो, भवन बनेको दशकपछि।
- कार्यालय प्रमुखका अनुसार, अपाङ्गमैत्री बाटो निर्माण गरिएको छ, जसले सेवाग्राहीलाई सहजता दिनेछ।
- बाटो निर्माणले वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरूलाई कार्यालयसम्म पुग्न सहज बनाउनेछ।
म्याग्दी । सामाजिक विकास कार्यालय, म्याग्दीको कार्यालय रहेको भवन निर्माण भएको एक दशकपछि त्यहाँ पुग्ने बाटोको निकास खोलिएको छ ।
विसं २०७२ मा निर्माण भएको तत्कालीन महिला तथा बालबालिका कार्यालय रहेको भवनमा पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेश सरकार मातहतको सामाजिक विकास कार्यालय सञ्चालन हुँदै आएको थियो ।
महिला, बालबालिका, अपाङ्ग, ज्येष्ठ नागरिकहरूलाई सेवा दिने र उनीहरू लक्षित कार्यक्रम सञ्चालन गर्ने कार्यालय पुग्न प्रयोग गर्ने बाटो अपाङ्गमैत्री थिएन् । व्यक्तिगत जग्गाको बाटो भएर कार्यालय पुग्नुपर्ने समस्या थियो ।
भवन पछाडिको पाखोमा पर्खाल निर्माण गरेर मूल सडक जोड्ने बाटो निर्माण गरेको कार्यालय प्रमुख तारानाथ सुवेदीले बताए । “व्यक्तिले बाटो नदिएको अवस्थामा कार्यालयमा सेवाग्राही त के कर्मचारी पनि आउन नसक्ने अवस्था थियो”, उनले भने, “मुख्य सडकदेखि कार्यालय भवनसम्म वैशाखी टेकेर, ह्विलचियरमा समेत सहजै आउन मिल्ने गरी अपाङ्गमैत्री बाटो बनाइएको हो ।”
रु १५ लाख ७५ हजार खर्चेर ४० मिटर लामो र कम्तीमा चार मिटर फराकिलो ढलान गरेको बाटो निर्माण भएको कार्यालय प्रमुख सुवेदीले बताए। कार्यालय भवनको पछाडिपट्टि रहेको भिरालो पाखोमा पर्खाल बनाएर उकासेर फराकिलो बनाई त्यसमाथि ढलान गरिएको छ । डिलतर्फ रेलिङ राखिएको छ । प्रवेशद्वार पनि निर्माण भएको छ । बाटोमा पैदलयात्राका साथै जिप, मोटरसाइकल र स्कुटर गुडाउन सकिन्छ ।
उक्त भवनको भुइँतलामा प्रौढ उमेर समूहकाले अध्ययन गर्ने उज्यालो वैकल्पिक विद्यालय छ । विद्यालयमा करिब ५० जना विद्यार्थी अध्ययरत छन् । पहिलो तलामा रहेको कार्यालय प्रमुख र अन्य शाखाको कार्यकक्षसम्म झर्याङ चढेर पुग्न नसक्ने अपाङ्गता भएकाहरुको लागि भुइँतलामा रहेको सहायता कक्षमा आएर सेवा दिने व्यवस्था मिलाइएको छ । कार्यालयमा हालैमात्र स्तनपान कक्ष पनि स्थापना भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण