शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

मनमोहक हिमशृङ्खला अवलोकनको लागि चर्चित लाङटाङ पदमार्ग (तस्बिरहरू)

शनिबार, १३ मङ्सिर २०८२, ०९ : ४०
शनिबार, १३ मङ्सिर २०८२

सारांश

  • काठमाडौँको नजिकै रहेको लाङटाङ पदमार्ग हिमशृङ्खला अवलोकनका लागि चर्चित छ र आन्तरिक पर्यटकको रोजाइमा पर्छ।
  • पदमार्गमा झरना, हिमाल र प्राकृतिक सौन्दर्यको अवलोकन गर्न सकिन्छ, र क्यामेरामा तस्बिर लिन सकिन्छ।
  • काठमाडौँबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनबाट यात्रा गर्न सकिन्छ, र पदयात्रा स्याफ्रुबेँसीबाट सुरु हुन्छ।

काठमाडौँ । मनमोहक हिमशृङ्खलाको अवलोकनका लागि चर्चित लाङटाङ पदमार्ग काठमाडौँबाट नजिकको पदमार्ग हो ।असोज र कार्तिक  महिना पदयात्राको लागि राम्रो सिजन मानिन्छ । यही सिजनमा  यो पदमार्गमा विदेशीहरू भन्दा बढी नेपालीहरू भेटिन्छन् ।

लाङटाङ खोला सँगसँगै अघि बढ्छ लाङटाङ पदमार्ग बिचबिचमा भेटिने अनुपम झरना, हिमशृङ्खलाहरूले पदमार्गमा यात्रा गर्ने पर्यटकहरूलाई आकर्षित गरी रहेको हुन्छ।

Langtang_Valley (2)

 काठमाडौँबाट नजिक पर्ने पदमार्ग भएकाले पनि आन्तरिक पर्यटकको भिड लाग्ने गरेको हो । नजिकैबाट प्राकृतिक सौन्दर्य अवलोकन र अनुभूत गर्नका लागि लाङटाङ पदमार्ग प्रसिद्ध रहेको छ । 

Langtang_Valley (3)

 क्यामेराका लेन्सले  सुन्दर हिमाल, झरना, नदीनाला र प्राकृतिक सौन्दर्य  कैद गर्दै यात्रा गर्नु  यस पदमार्गको अर्का विशेषता रहेको छ । ‘एकैपटक आधा दर्जन हिमशृङ्खलाहरूको अवलोकन गर्न पाइने,  क्यान्जी गुम्बाबाट वरिपरि हिउँले ढाकेका हिमाल हेर्न पाइयो र सहज पदमार्ग र बसोबासका लागि पर्याप्त होटलहरू भएकाले पनि यस पदमार्गमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमन उस्तै देखिन्छ । 

Langtang_Valley (4)

काठमाडौँबाट जानका लागि भने बालाजु माछापोखरीबाट सार्वजनिक यातायात वा निजी सवारीसाधनमा जान सकिन्छ । माछापोखरीमा बिहान ६ बजेदेखि ९ बजेसम्म सार्वजनिक बस पाइन्छ । बालाजु, कलंकी, थानकोट, गल्छी, नुवाकोट धुन्चे हुँदै ६–७ घण्टामा स्याफ्रुबेँसी पुगिन्छ । त्यसपछि सुरु हुन्छ पैदलयात्रा । स्याफ्रुबेँसीबाट ३ घण्टाको पैदल यात्रापछि ब्याम्बोमा बास बस्न सकिन्छ । 

Langtang_Valley (5)

भोलिपल्ट उकाली ओराली गर्दै लाङटाङ वा क्यान्जिङ गुम्बा पुगिन्छ । यात्रामा लाङटाङ खोलाले साथ छोड्दैन । पहाडको चेपबाट झरिरहेका झरना, चरा चराचुरुङ्गी चिरबिर चिरबिर आवाजले मन शान्त बनाउँछ । यसरी अर्को दिन बिहानै क्यान्जिङ उपत्यकाबाट क्याजिङ री जान सहज हुन्छ । कतिपय भने क्यान्जिङ पुगेपछि यलापिक अथवा सेर्गोरीतर्फ जाने गर्दछन् । तस्बिर : क्षितिज तामाङ/नेपाल फोटो लाइब्रेरी ।

Langtang_Valley (6)Langtang_Valley (7)Langtang_Valley (8)Langtang_Valley (9)Langtang_Valley (10)Langtang_Valley (11)Langtang_Valley (12)Langtang_Valley (13)Langtang_Valley (14)Langtang_Valley (15)Langtang_Valley (16)Langtang_Valley (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप