बेवारिसे चिसो चिहान
बिना मनसुन
आकाश रुँदै थियो
आकाशको आँखाबाट झरेको आँसुले
उनको चिहानमाथि स्याल्पमा लेखेको
धुलोले छोपेको
जन्म‑मृत्यु मिति अनि उनको नाम
आकाशको आँसुले धोएर
स्पष्ट सफासँग देखिन्थ्यो ।
संयोगले म त्यही बाटो हिँड्दै थिएँ
मैले राम्रैसँग चिनेको उनी
तर
रगतको होइन भावनाको नाताले बनेको हाम्रो सम्बन्ध
अविचलित प्रगाढ थियो
हाम्रो सम्बन्धले रोक्न सकेन
उनको अकाल मृत्यु
मृत्युपर्यन्त
अकौको भूमिमा किनेको उनको चिहान
म छेउमै गएर श्रद्धापूर्वक शिर झुकाएर
फेरि अर्को सेतो गुलाफको फूल चढाएँ
उनकै आफ्नो आफन्त बनेर
म लागेँ आफ्नो गन्तव्यतर्फ
उनको त्यो अन्जान ठाउँमा अवस्थित
बेवारिसे चिसो चिहानलाई एक्लो छाडेर
उनी घरको एक्लो छोरा
बा–आमाको बुढेसकालको अन्तिम सहारा
आमाको अथाह प्रयास पारेर विफल
अरु–अरु जस्तै बन्न, अरुकै लहैलहैमा
आफ्नै पैसामा आफूलाई बेचेर
पराइको देश, परदेश पसेको
लगानीभन्दा अकूत ऐश्वर्य आर्जन गर्न
दुःखको तालबाट उकासेर
सुख सयलको नदीमा जीवन बहदै
बा–आमाको जिन्दगीमा बहार ल्याउन
आफ्नो धर्ती बाँझो छोडेर
अरुको उजाड धर्ती स्याहार्दा–स्याहार्दै
कस्ता–कस्ता दिनहरुको सामना गरे उनले
जुन दिनहरूको बर्बर कठोर
यातानाले निम्त्याएको थियो
उनको जीवनमा
अविश्वसनीय अकाल मृत्यु ।
म भन्न सक्दिनँ कायर
उनले रोजेको आत्महत्यालाई
म यो पनि भन्न सक्दिनँ
उनले जे गरे ठीक गरे
म यत्ति भन्छु
आफूले आत्महत्या गरेर
बूढा बा–आमालाई जिउँदै मारे
यदाकदा त्यहीँ बाटो हिँड्दा
अँध्यारो रातमा डराएर साथ खोजी रहेको पाउँछु
उनको त्यो–
बेवारिसे चिसो चिहानले ।
उनी मुग्लान पसेदेखि
निक्कै मेहनत गरेको थाहा छ
उनले सुनाएको ऋणको ब्याज थाहा छ
डाँडापारिका जूनजस्ता
बा–आमाको रहरका कहरहरू
सुनाउँथे कहिलेकाहीँ
दाजु–
मिल्ने भए मेरो मनको पानाहरू पल्टाउन
पीडा र अभाव अनि दुःखको
कथा र कविता कति हुँदा हो कति !
दाजै–
कति स्वार्थी छ है यो संसार
जहाँ दुःख गर्नेको भन्दा
दुःख दिनेहरूको जिन्दगीमा छ बहार
निक्कै थिए सपनाहरू उनको
तर्जुमा गर्थे
योजनाको खाका
कहिलेकाहीँ मलाईसमेत सामेल गर्थे
उनको निजी योजनाको छेउकुना मिलाउन
राम्रै थियो
राम्रो हुँदाहुँदै एक दिनको क्षणिक आवेगले
लगाए पूर्णविराम जीवनलाई ।
खबर पु¥यायो घरमा
बा–आमा, नातेदारको अनुमतिमा
उनको पार्थिव शरीरको अन्त्यष्टि
अरुको देशमा अव्यवस्थित चिहानमा भयो
देख्छु कहिलेकाहीँ, आजभोलि सपनामा
उनको त्यो
कहिल्यै बूढो हुन नपर्ने पार्थिव शरीर पुरेको
एउटा बेवारिसे चिसो चिहान ।
(पाँचखाल–११, काभ्रेपलान्चोक)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण