दोलखामा एमाले प्रतिनिधि सर्वसम्मत
सारांश
- दोलखामा नेकपा एमालेले ११औँ महाधिवेशनका लागि प्रतिनिधिहरू चयन गर्यो ।
- खुला, महिला, दलित र युवा तर्फबाट प्रतिनिधिहरू सर्वसम्मत चयन गरिए ।
- जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि चयन भएका छन्, जसमध्ये ५ जना एक पक्ष र ४ जना अर्को पक्षका छन्।
दोलखा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) दोलखाले पार्टीको ११औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा चयन गरेको छ ।
नेकपा (एमाले) दोलखाले शनिबार पत्रकार सम्मेलन आयोजना गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरेको जानकारी दिएकाे छ । महाधिवेशन प्रतिनिधिहरूमा खुलातर्फ मेलुङ गाउँपालिकाबाट प्रतिनिधित्व गर्दै जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ, भिमेश्वर नगरपालिकाबाट भरतबहादुर केसी, तामाकोशी गाउँपालिकाबाट ईश्वर पोखरेल र कालिञ्चोक गाउँपालिकाबाट डबल पाण्डे प्रतिनिधिमा चयन भए ।
महिलातर्फ बैतश्वर गाउँपालिकाबाट शान्तिकुमारी तामाङ, गौरीशङ्कर गाउँपालिकाबाट उर्मिला थामी र बिगु गाउँपालिकाबाट शारदा राणा छनोट भएको जनाइएकाे छ ।
दलिततर्फबाट शैलुङ गाउँपालिकाबाट विशाल विक र युवातर्फ जिरी नगरपालिकाबाट लक्ष्मण गुभाजु महाधिवेशन प्रतिनिधिमा चयन गरिएको एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठले बताए ।
जिल्लाबाट जम्मा नौ जना प्रतिनिधि सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए । एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा तय गरिएको छ ।
दोलखामा दुई पोलिटब्यरो सदस्यहरु भएको जिल्लामा ९ महाधिबेशन प्रतिनिधि मध्ये ५ पार्बत गुरुङ पक्षधर र चा् आनन्दप्रसाद पोखरेल पक्षधर चयन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण