जिल्ला प्रशासनको अतिरिक्त समय हट्यो
शनिबार, १३ मङ्सिर २०८२, २२ : ३५
सारांश
- जिल्ला प्रशासन कार्यालयले अब नियमित समयमै सेवा दिने भयो, अतिरिक्त समय हट्यो।
- सेवाग्राहीको चाप घटेपछि बिहान १० बजेदेखि ४ बजेसम्म सेवा सञ्चालन हुनेछ।
- राष्ट्रिय परिचयपत्र सेवा ‘जेनजी’ प्रदर्शनपछि अवरुद्ध भएको थियो, अहिले नियमित छ।
तनहुँ। जिल्ला प्रशासन कार्यालयले अतिरिक्त समय हटाएको छ । राष्ट्रिय परिचयपत्रको चापका कारण बिहान ८ बजेदेखि सेवा दिँदै आएकामा सेवाग्राहीको चाप घटेपछि अब नियमित समयमै सेवा प्रवाह गर्ने भएको हो ।
कार्यालयले बिहान ८ः०० देखि साँझ ६ः०० बजेसम्म सेवा दिँदै आएकामा नियमित कार्यालय समयमा सेवा प्रवाह गर्दा सहज रूपमा सेवा प्रवाह हुने अवस्था रहेकाले आइतबारदेखि बिहान १०ः०० देखि ४ः०० बजेसम्म नै सेवा सञ्चालन हुने कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठले बताए ।
‘जेनजी’ प्रदर्शनपश्चात् राष्ट्रिय परिचयपत्र सेवा लामो समय अवरुद्ध रहेको थियो । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट केही समयपश्चात् आवश्यक सामग्री उपलब्ध गराएपछि सेवा प्रवाह भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण