हलिउडका प्रसिद्ध लेखक टम स्टपर्डको निधन
सारांश
- प्रसिद्ध पटकथा लेखक टम स्टपर्डको ८८ वर्षको उमेरमा निधन भयो, जसले हलिउडमा शोक ल्यायो।
- चेकोस्लोभाकियामा जन्मिएका स्टपर्डको बाल्यकाल संघर्षपूर्ण रह्यो र उनले विभिन्न नाटकहरू लेखे।
- स्टपर्डले ओलिभियर, टोनी र ओस्कर अवार्ड जितेका थिए र बेलायती महारानीबाट 'नाइट' उपाधि पाए।
एजेन्सी । हलिउडका प्रसिद्ध पटकथा लेखक (स्क्रिनराइटर) मध्येका एक टम स्टपर्डको निधन भएको छ । उनको ८८ वर्षको उमेरमा निधन भएको हो । उनको निधनले अहिले हलिउड उद्योगमा गहिरो शोक छाएको छ ।
सन् १९३७ मा चेकोस्लोभाकियामा जन्मिएका स्टपर्डको बाल्यकाल निकै सङ्घर्षपूर्ण रह्यो । नाजी आक्रमणपछि उनको परिवार विस्थापित भएर सिंगापुर पुगेको थियो । पछि परिस्थिति यस्तो बन्यो कि उनकी आमा दुई छोरा लिएर भारत पसिन् ।
स्टपर्ड सानैदेखि विलक्षण प्रतिभाका धनी थिए । उनले लेखेका नाटकहरूले नै उनलाई विश्वव्यापी पहिचान दिलायो । टम स्टपर्डले आफ्नो करियरमा धेरै उत्कृष्ट नाटकहरू रचना गरेका छन् । जसमा ‘जम्पर्स’, ‘ट्राभेस्टिज’, ‘द रियल थिङ’, ‘आर्केडिया’ र ‘रक एन रोल’ जस्ता नाटकहरू लगायत छन् । यी कृतिहरूले उनलाई मनोरञ्जन जगतमा एक सफल पटकथा लेखकको रूपमा स्थापित गराएको छ ।
स्टपर्डले आफ्नो करियरमा तीन ओलिभियर अवार्ड, पाँच टोनी अवार्ड र चलचित्र ‘सेक्सपियर इन लभ’ का लागि एक ओस्कर अवार्ड प्राप्त गरेका थिए । रङ्गमञ्चमा उनको अतुलनीय योगदानको कदर गर्दै सन् १९९७ मा बेलायती महारानी एलिजाबेथ द्वितीयले उनलाई ‘नाइट’ को उपाधिबाट सम्मान गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण