राष्ट्र बैंकले आज थप ४० अर्ब रूपैयाँ उठाउने
आइतबार, १४ मङ्सिर २०८२, १२ : २२
सारांश
- नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ उठाउने भएको छ।
- बजारमा अधिक तरलता बढेपछि राष्ट्र बैंकले ३५ दिनका लागि बोलकबोल आह्वान गरेको छ।
- बोलकबोलमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज थप ४० अर्ब रूपैयाँ उठाउने भएको छ । बजारमा अत्याधिक तरलता बढेपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट रकम उठाउने भएको हो ।
राष्ट्र बैंकले ३५ दिनका लागि आज दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ । बोल गर्न सकिने रकम कम्तीमा १० करोड रूपैयाँ र बढीमा पाँच करोड रूपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।
सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १० गते तोकिएको छ । यसको ब्याज दरसमेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याज दरमा गर्नुपर्ने छ ।
बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण